जिउनुको रहर मर्दैछ मेरो
आशाको दियो निभ्दैछ मेरो
अभावमा तिम्रो यी नयनबाट
पीडाको आँशु झर्दैछ मेरो
मोडहरु छिचोल्दै यात्रामा अघि
जीवनको गाडी कुद्दैछ मेरो
जीवनका रङ्गीन पलहरु टिप्दै
निष्ठुरी कालले लग्दैछ मेरो
अभावको बिस्कुन कसरी सुकाउँ
आँशुमा यो मन जल्दैछ मेरो
