Skip to content

पाँच हाइकु (गन्तव्य टाढा)


१
गन्तव्य टाढा
साथी मात्र समय
यात्रा क्रमशः ।

२
जिन्दगी यहाँ
कर्णाली झैं सलल
ओरालो झर्दै ।

३
बिदाको मौका
निर्धक्क जोडीहरू
व्यस्त बगैँचा ।

४
हठी प्रेमिका
दुनियाँ सबै स्वार्थी
बलि प्रेमको ।

५
अल्छी पाखुरा
असीमित चाहना
हातमा शून्य ।

मिति २०७५ मंसिर २१

Leave a Reply

Your email address will not be published. Required fields are marked *