Skip to content

lokbinayee

किन चुनाव ?

यो देश कसको हो र चल्छ कसको अधिनमा
बुझनै कठिन भो सारै गणतन्त्र नेपालमा |
जितने सडकमा सडछन् हार्ने सत्ता चलाउछन,
हार्ने नै यदी हुन् शासक, किन चुनाव गराउछन ?

हाम्रा नेताहरु

च्यातिएका पोशाकमा सजिएर लुकीलुकी
निशाचर झैं मद्ध्यरातामा हिडनेगर्थे, थिए कठै |
लौ आज देखन पाईन्छन टाई शूट र बूटमा
चिल्ला प्राडो, पजेरोमा, टोपी खस्ने महलमा ||