nkrm1984
गजल
जल्दाजल्दै बाँकी र’को मेरो गीत हो यो
गाउन पनि नपाइएको मेरो प्रीत हो यो ।।
आधा संसार जल्दा पनि अहंकारले चुर्ण
कुनै हिटलरहरूको झैं मेरो जीत हो यो ।।
कतिखेर आई बस्छ एकान्तको छेउमा
कल्पनाको लोकमा यौटा मेरो मीत हो यो ।।
रङ्गीन रातका झिलीमिली सपनामा देख्दा
हराएर बाँचिर’नु मेरो रीत हो यो ।।
कसै गरी मैलाई पनि चिथोरेर हुने
खुसी मिल्छ कसैलाई त मेरो हित हो यो ।।
जल्दाजल्दै बाँकी र’को मेरो गीत हो यो
गाउन पनि नपाइएको मेरो प्रीत हो यो ।।

जहाँ जान मन लाग्छ जाऊ तिमी उडेर चरी
आज मनमा आगो बल्दा तन हाँसे झैं छ