आज मनमा आगो बल्दा तन हाँसे झैं छ
यता चुडी अन्तैतिर मन गाँसे झैं छ
तन मन यौटै थियो कथा भन्नू छ यो
मन मारी तन मात्र एक्लो बाँचे झैं छ
यो वनको मयुर पनि वनै छोडी हिड्यो
सुनको कल्ली पाउमा बाँधी कतै नाँचे झैं छ
आस्था अनि विश्वासले बाँधेको थ्यो डोरी
शंका अनि अहंकारले पलमै भाँचे झैं छ
फूलले भन्यो अरूसँग भमरा हो मेरो
उस्लाई छोड्दा लाग्छ अर्कै फूल चाखे झैं छ
आज मनमा आगो बल्दा तन हाँसे झैं छ
यता चुडी अन्तैतिर मन गाँसे झैं छ
