Skip to content

जहाँ जान मन लाग्छ जाऊ तिमी उडेर चरी

NarendraKumarRanaTrilochan


जहाँ जान मन लाग्छ जाऊ तिमी उडेर चरी
रनवन डुली
आफैसँग भुली
सुरिला गीतका भाका गाऊ तिमी उडेर चरी ।।

कहिले घाम कहिले झरी
हुँदैन जीवन सरो र बरी
बाँच्नुको गीत गाएर नाँच
सुख र दुःख लयमा भरी

जहाँ पुगे पनि फर्की आऊ तिमी उडेर चरी
जहाँ जान मन लाग्छ जाऊ तिमी उडेर चरी
रनवन डुली
आफैसँग डुली
सुरिला गीतका भाका गाऊ तिमी उडेर चरी।।

शीतको थोपा पातले उन्छ
बिहानी बताँस तिम्रो गीत सुन्छ
हे प्यारो चरी जिन्दगी गाउन
धर्तीमा तिमी आकाशमा जून छ

दुखीको घाउमा मलम लाऊ तिमी उडेर चरी
जहाँ जान मन लाग्छ जाऊ तिमी उडेर चरी
रनवन डुली
आफैसँग भुली
सुरिला गीतका भाका गाऊ तिमी उडेर चरी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *