मुटु वारपार भए उत्तम भट्ट गजल by veevekbhattJuly 21, 2009उनका तिखा नयन बाण मुटु वारपार भए छिया छिया भएन मुटु मात्र टुक्रा चार भए कसलाइ पो माया गर्नु टुक्री एक मुटु लिई उनकै लागि पनि आज म त ठुलै भार भए
खसी रा’छ नेता उत्तम भट्ट गजल by veevekbhattJuly 21, 2009बिदेशीको चक्रब्युहमा फसी रा’छ नेता जनताको यो नजरबाट खसी रा’छ नेता भन्ने गर्छ नेपाली म सगरमाथा शिर मेरो आमालाई, तर हरदम डसी रा’छ नेता
आटेन त के पो भयो? उत्तम भट्ट गजल by veevekbhattJuly 21, 2009तिमीले घरजम गरौं भन्दा आटेन त के पो भयो ? धेरै धेरै बाट तिमीलाई छाटेन त के पो भयो ? भन्ने गर्थ्यौ म त तिम्रै तिमी मेरो हुनै पर्छ तर तिमीसँग मुटु साटेन त के पो भयो ?
झुन्डिएर मर्छु भन्थिन । उत्तम भट्ट मुक्तक by veevekbhattJuly 19, 20094 Commentsपहिले पहिले हजुर कै शरणमा पर्छु भन्थिन । तिम्री हुन पाएन भने झुन्डिएर मर्छु भन्थिन । धेरै भयो नभेटेको मरिन भनि छाक बारे आज भेटे अर्कै सँग उतै बिहे गर्छु भन्थिन ।
उतै तिर तान्छु भन्छ उत्तम भट्ट गजल by veevekbhattJuly 19, 2009काला पानी लागि सक्यो अब सुस्ता लान्छु भन्छ यसै गरी पुरै नेपाल उतै तिर तान्छु भन्छ तिश्टा अनि काकाडा त एका देश को कथा भयो जुन भुमी राम्रो लाग्यो त्यो म आँफै छान्छु भन्छ
अर्कैको पो राज भयो उत्तम भट्ट गजल by veevekbhattJuly 19, 20092 Commentsकहिलै नभाको कुरा जिवनमा आज भयो मेरी आफ्नै प्रेमिकामा अर्कैको पो राज भयो सजाएर राखी रहे मुटु भित्र उनि लाई मुटु बाटै चोरी लाने कुन मोरा पो बाज भयो मेरो संसार तिमी नै हौ भन्ने गीत गाउथिन उनि
गाला चाट्या छैन नानु उत्तम भट्ट गजल by veevekbhattJuly 19, 20094 Commentsअर्कैसँग रमाई रात काट्या छैन नानु तिमीलाई मैले केही कुरा ढाँट्या छैन नानु नदेखेको होइन मैले अर्कैसँग तिमीलाई तर तिम्रो जस्तै यो मन फाट्या छैन नानु
डरायौकी मेरी सानु? उत्तम भट्ट गजल by veevekbhattJuly 19, 2009सँग सँगै हिडौ भन्दा, डरायौकी मेरी सानु? आज भोली देख्दिन खै, हरायौकी मेरी सानु? तिमीलाई भेट्न जादा मैले, कोठा बन्द भाको पाए पहिले बस्ने कोठा अन्तै, सरायौकी मेरी सानु?
मैले आफ्नै मान्न थाले उत्तम भट्ट गजल by veevekbhattJuly 19, 2009नाता नभै पनि तिमीलाई मैले आफ्नै मान्न थाले तिम्रै हुने सपना बोकी मैले जिवन धान्न थाले म त तिमीलाई आज सम्म विरानो नै लग्छु क्यारे स्वयम भगवान पनि मलाई पराइ किन ठान्न थाले