Skip to content

खसी रा’छ नेता


बिदेशीको चक्रब्युहमा फसी रा’छ नेता
जनताको यो नजरबाट खसी रा’छ नेता

भन्ने गर्छ नेपाली म सगरमाथा शिर मेरो
आमालाई, तर हरदम डसी रा’छ नेता

सधैंभरि भनिरहन्छ हिंसा रोक्नु पर्छ अब
यथार्थमा आँफै छुरी धसी रा’छ नेता

घरगृहस्थी चलाऊन नसकेर के भो कुन्नी ?
देश चलाऊन आफ्नो कम्मर कसी रा’छ नेता

उपचार गर्न पैसा नपाई मरी रा’छन जनता कति
ज्वरो आउँदा पनि बिदेश पसी रा’छ नेता

भारतीय झन्डामुनी सुस्ता अनि कालापानी
आफ्नो देशको झन्डा ओछ्याइ बसी रा’छ नेता

Leave a Reply

Your email address will not be published. Required fields are marked *