Skip to content

veevekbhatt

उमेर कमै भया पन,

उमेर कमै भया पन, ठुला क्याले लाग्दा

लभ गद्दाका चक्करमा, स्कुल है भाग्दा

कि खाना खाना हन कठै, इति झट्ट बड्ड्या

आफ्नो बोयफ्रेण्ड क्याइ खोज्जहँन, आफुइ सित पड्ड्या

पड्ड्या बेला ध्यान अन्त, सोध्या केइ नजान्न्या

खाइ लाग्दो केटो धेक्या, मेरोइ भुनि छान्न्या

चिल्ला कुरा जैले गर्‍या, उसैलाइ हन चुन्न्या

लभ पड्याका दुबै दिनमा, सँगै लैझा भुन्न्या

हम्ले स्कुल पड्ड्या बेला, लभ छ एइको भुन्थ्या

डरहल्लानुले पछा लाग्या, डरहल्लिनु रुन्थ्या

लभ त कन्ज्याब हुन्छ अच्याल, सिधाइ पोइल झान्या

पड्डा पड्डाइ पोइल झाइ, कस्या हनव खान्या

मोटा मोटा कडा हल्ला, हाल्लु छाडी चुडी

VeevekBhatta-02

केही डोटेली गीत

सौगात एफ एम १०३.६ मेघाहर्ज, बैतडीबाट प्रसारित कार्यक्रम कोसेलोमा समेत प्रसारित गीतहरू

भाग १

उमेरु त नाइ भ्यो दादा आघाइ भयो ब्यात
बुढी त छाडी माइत लागी मुइ एकलोइ यात
कोसेलो न सुन्या दिन निन क्यालाई खड्डी हो
छाडी झान्या राणका मुख डिठ क्यानाइ पड्डी हो
सूनको हार बना भुन्छी तम खाइ लइ सुन छ कि ?

अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको (डोटेली गीत)

अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको
चित्त बुझुन्या कोही छैन येई उदासी मनको

कुटी काटी ओखलीले पिस्या जातरीले
ईती दुख क्याइ दियो हो माया कातरौले

मुई है कान्सा घरवारी होइग्या बौरानी छुई छन
आफ्नो ब्या’ त भयोइनु भयो बा भुन्या दुई छन्

भ्रष्टाचारि बस्ने कुर्सि बाल्नै पर्छ अब

देशको बिकास गर्न पाइला चाल्नै पर्छ अब
भ्रष्टाचारि बस्ने कुर्सि बाल्नै पर्छ अब

पायो भने सबै खाने सुगुँर जस्तो बानी यिनको
घुस् खाने मुख यिनको टाल्नै पर्छ अब

मेरी आफ्नै काली अचेल

उसले गर्ने माया पनि लाग्न थाल्यो जाली अचेल
कुन्नी कता हराएछ मेरी आफ्नै काली अचेल

तिमीलाई हेर्न पाए पुग्यो अरु चाँहीदैन भन्थी
मलाई देख्दा अन्तै तिर किन भाग्न थाली अचेल

करायौ कि मेरी सानु

देख्दिन म आजभोलि हरायौ कि मेरी सानु
मैले साथ छोड्छु भनि डरायौ कि मेरी सानु

भेट्न जादा तिमीलाई कोठा बन्द भा’को पाए
पहिले बस्ने कोठा अन्तै सरायौ कि मेरी सानु

अन्तै गयौ किन?

एउटै ठाउँको बसाइ हाम्रो सारी अन्तै गयौ किन?
आँखा भित्र आँशु मात्रै भरि अन्तै गयौ किन?

तिमी पनि रुन्छ्यौ होला एकान्तमा कहिलेकाही
काम दुबै रोई बस्ने गरी अन्तै गयौ किन?

खुशी थिएँ उनले मलाई माया गर्न थालेपछि

खुशी थिएँ उनले मलाई माया गर्न थालेपछि
सबले सोध्छन के भो तलाई? दाह्री जुङ्गा पालेपछि
आफ्नै ठानी माया गरे निस्ठुरी त जाली रैछ
नपालेर के गर्नु खै उनले इज्जत फालेपछि

बस्न तिम्रो केश पाए

तिमी बाट के पाउछु खै? अरु बाट ठेश पाए
आफन्तको भिडमा यँहा तिमीलाई मात्र शेष पाए
मान्छे भएर आज सम्म के नै गर्न सक्या छु र?
जुंम्रा बन्न तयार छु म बस्न तिम्रो केश पाए

जता तिमी बोलाउथ्यौ म त उतै आए हजुर

(यो गजल माथि भएको “अर्कैको पो राज् भयो” भन्ने गजलको प्रतिउत्तर हो ।)

मेरो संसार तिमी नै हौ भन्ने गीत गाएँ हजुर
तिम्रै मनको बगैचामा बसन्त झैं छाएँ हजुर

तिम्रै न्यानो अँगालोमा रमाइरहुँ जस्तो लाग्दा
जता तिमी बोलाउथ्यौ म त उतै आएँ हजुर

जय बुवा केदार तेरी महिमा छ अपार

जय बुवा केदार तेरी महिमा छ अपार
जो गरन्ला सेवा तेरी उ पुगन्ला पार

जय बुवा केदार तेरी सेवा गर्ला हमु
कि भ्यो इसो कलयुगमा काँ गया ब तमु?

डोटेली गीत

एक दिन बिरुवा भयो बिरामी
मुइ खाई भुन्यो बोलाईल्या धामी
मुइ गयो उन्ज्याई धामीका घर
धामी नाइ भिट्या ब कसो गर?
धम्यानीले भुण्यो धामी गया खेत
बाटो सिधाइ छ तुइ लै झानेत
मुइ गयो खेत धामीलाई भिट्टु
धामीले भुण्यो नाइ सक्को हिट्टु
टेकी टाकी धामीलाई पुर्याया घर

मुटु सटाएको जाती

गुलाब नभै मुटु मुटु सटाएको जाती
उनको माया यो मुटुमा अटाएको जाती

प्रेम पत्र कोर्नु किन? साँचो माया गर्छौ भने
प्रेम प्रस्ताव राख्न ढ्याङ्रो ठटाएको जाती

फेरि पनि पिएँ मैले

च्यातिएँको मुटुलाई धेरै पल्ट सिएँ मैले
तिम्रो याद आइदिंदा फेरि पनि पिएँ मैले

किन टाढा गयौ तिमी मलाई एक्लै छोडी यहाँ
सुख दु:खमा साथ तिमीलाई दिएकै त थिएँ मैले

कम्मर कसौं जस्तो

तिमी समीप आइदिंदा तिमीसँगै बसौं जस्तो
तिमी ओझेल हुन लाग्दा भिरबाट खसौं जस्तो

कल्पना मै डुबिसके तिमी अन्तै धाउने गर्छौ
पाउन अब तिमीलाई लाग्छ कम्मर कसौं जस्तो

एक्कै पल्ट सुन्न नानु

अपवित्र रैछ यो मन फेरि पनि धुन्न नानु
गाह्रो रैछ पवित्र मन भाको मान्छे चुन्न नानु

बोली पनि अपवित्र लाग्छ क्यारे तिमीलाई मेरो
तिम्रै निम्ति गाएँ गजल एक्कै पल्ट सुन्न नानु

त्रिशुलीमा फाल्नै पर्छ अब

बिकास गर्न सबले पाइला चाल्नै पर्छ अब
भ्रष्टचारी बस्ने कुर्सी बाल्नै पर्छ अब

कुर्सीकै आड लिई जनता दमन गर्नेहरू
तिमीलाई लगी त्रिशुलीमा फाल्नै पर्छ अब

यो यो भनी तोक्दिन म

राम्रो उपनाम तिम्रो लागि अबदेखि घोक्दिन म
तिम्रै यादमा जाँड रक्सी कहिल्यै पनि धोक्दिन म

कोठाभित्र छिर्नु अघि खोक्ने गर्नु भन्थ्यौ तिमी
कोठा भित्र छिर्छु सिधै बाहिरबाट खोक्दिन म

दुनियाँको बात लाग्यो

जीवन मैले सुख ठाने दु:ख मात्र हात लाग्यो
राम्रै नाता जोडन खोज्दा दुनियाँको बात लाग्यो

सोचे जस्तै हुन्न रैछ चेतनशिल मान्छे पनि
मान्छे नभै पशु भन्दा तलको त्यो जात लाग्यो

गाला मात्र धुन्छ्यौ किन?

चोखो माया दिउँला भनी मुटु मेरो छुन्छ्यौ किन?
यत्तिका यी मान्छेबाट मलाई मात्रै चुन्छ्यौ किन?

तिम्रै लागि जन्मिएकी संसारम म त भन्थ्यौ
तर आजभोलि तिमी अर्कै सँग हुन्छ्यौ किन?