Skip to content

मुटु वारपार भए


उनका तिखा नयन बाण मुटु वारपार भए
छिया छिया भएन मुटु मात्र टुक्रा चार भए

कसलाइ पो माया गर्नु टुक्री एक मुटु लिई
उनकै लागि पनि आज म त ठुलै भार भए

खेल्नुसम्म खेलिन् उनले आज मेरो जीवनसँग
स्पर्श मै ओइलाई जाने लज्जावती झार भए

दुख मात्र दिन्छिन उनी छोड्नुको त नाम छैन
उनीसँगै झुन्डी बस्ने म त थोत्रो हार भए

माहुरी झैं स्वभाव उनको फूल खोज्दै डुली हिंड्ने
आखिर उनले फर्की आउने म त माहुरीघार भए

पर्नु पीर परिन् मलाई आफ्ना इच्छा पुर्‍याउँदै
आफ्नो त्यही दु ख पोख्न म त गजलकार भए

Leave a Reply

Your email address will not be published. Required fields are marked *