Skip to content

सङ्गम तिवारी

मनकामनासम्बन्धी जनविश्वास

  • by

शक्ति र समृद्धिकी देवी मनकामनाको प्रसिद्धिबारे तपाईं हामी परिचित नै छौँ । यो मन्दिर ऐतिहासिक एवं धार्मिक जिल्ला गोरखाको दक्षिणी भेगमा अवस्थित छ । मन्दिरको पूर्वमा दुई महत्वपूर्ण दरौदी र मस्र्याङ्दी नदीको नागबेली दृश्य यस मन्दिरका थप आकर्षण हुन् । यस मन्दिरबाट पूर्वमा सुन्तलाको बगैँचा भरिएको ताक्लुङ्ग तीनमाने गाउँ र पश्चिममा अदुवा र सुन्तलाको खानी बक्राङ्ग भोगटेनी पर्दछ ।