Skip to content

युवामञ्च २०६६ जेठ

कृतिमा चलचित्रः कति न्याय कति अन्याय ?

  • by

साहित्यिक कृतिहरू बनेका चलचित्रहरू विवादमा अल्झिने परम्परा नयाँ हैन । कुशलताका साथ बनाउन सकेमा यस्ता चलचित्रहरू कालजयी चलचित्रको रूपमा आउन सक्छ । अन्यथा आलोचनाको पात्र मात्र बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । विश्व प्रसिद्ध ‘ओस्कार अवार्ड’ मा सर्वोत्कृष्ट चलचित्रलगायतका आठवटा र विश्वका अन्य प्रतिष्ठित पुरस्कारहरूमा समेत वर्चस्व कायम गर्न सफल भएको चलचित्र ‘स्लमडग मिलेनियर’ पनि एउटा साहित्यिक कृतिमा आधारित चलचित्र हो । भारतीय मूलका साहित्यकार विकास सरूपको ‘क्यु एण्ड ए’ मा बनेको ‘स्लमडग मिलेनियर’लाई दाँजेर हेर्ने हो भने मूल कृति र चलचित्रमा आकाश जमिनको अन्तर रहेको पाइन्छ । यो स्वाभाविक पनि हो । साहित्य भनेको लेख्य माध्यम हो । चलचित्र श्रव्यदृश्य माध्यम हो । यी दुवै अभिव्यक्तिका सशक्त माध्यमहरू हुन् ।

घट्न देऊ रात एउटा

  • by

लुटाऊ मलाई तिमीमा, घट्न देऊ रात एउटा
लुट मलाई रित्तो पार, छुट्न देऊ मात एउटा

एक आपसमा लुकामारी खेल खेल्दै गोल गर्दै
कालोबा दलको घेरमा, हेर्न देउ, चाँद एउटा

धेरै धेरै बाँच

  • by

पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्‍यौ मुटुभरि काँच

त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच

शुभकामना

  • by

तिम्रो प्रगति पथमा
तिम्रो लक्ष्यको मार्गमा
म बाधाको रूपमा खडा हुन चाहान्न
तिमी अठोट लिएर अघि बढ
तिम्रो उत्तरोत्तर प्रगतिको लागि
मेरो हार्दिक शुभकामना

महिमा सूर्यविनायकको

  • by

उपत्यकामा रहेका प्रसिद्ध चार विनायकमध्ये एक हो सूर्यविनायक । सूर्यविनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् । एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए । उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरो मर्‍यो ।

मनकामनासम्बन्धी जनविश्वास

  • by

शक्ति र समृद्धिकी देवी मनकामनाको प्रसिद्धिबारे तपाईं हामी परिचित नै छौँ । यो मन्दिर ऐतिहासिक एवं धार्मिक जिल्ला गोरखाको दक्षिणी भेगमा अवस्थित छ । मन्दिरको पूर्वमा दुई महत्वपूर्ण दरौदी र मस्र्याङ्दी नदीको नागबेली दृश्य यस मन्दिरका थप आकर्षण हुन् । यस मन्दिरबाट पूर्वमा सुन्तलाको बगैँचा भरिएको ताक्लुङ्ग तीनमाने गाउँ र पश्चिममा अदुवा र सुन्तलाको खानी बक्राङ्ग भोगटेनी पर्दछ ।

गजल

पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच
देखाइ हाँसोका स्वप्ना छर्‍यौ मुटुभरि काँच

त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु
तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच