Skip to content

हरिहर तिमिल्सिना

रेशम कीरा

  • by

रेशम कीराजस्तै भयो जिन्दगीको चाल
जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल ।

मेरा लागि बराबरी दिनरातहरू
बाटेको छु धागोहरू खाँदै घातहरू

आफूलाई आफूले नै जेली बाँच्नुपर्ने

गाई र उत्तरआधुनिक चितुवा

सँगै अंकमाल गर्दै
चितुवा र गाईले एउटै पोखरीको पानी पिए भने
चितुवा, चितुवा नहुन सक्छ
गाई, गाई नहुन सक्छ ।

गाईले दूध दिन्छ
चितुवाले दूध दिँदैन
चितुवाले गाई मार्छ
गाईले चितुवा मार्दैन
चितुवाले मासु खान्छ
गाईले मासु खाँदैन ।