Skip to content

विजय कुमार पाण्डे

हिक्क हिक्क

कति जाति हुन्थ्यो प्रिये, सम्झ्यौ भने ठिक्क ठिक्क
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

भन्दिन म सम्झ धेरै, तिम्रो आफ्नै सुर्ता होलान
कहिलेकाहीं त अरुले नि, तिम्रो बाटो कुर्दा होलान
डर लाग्छ हाम्रो माया, हुने हो कि फिक्का फिक्का
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क

गल्ती थियो चोखो, माया लाउनु नै

गल्ती थियो चोखो, माया लाउनु नै
तिम्रा लागि मैले, दुःख पाउनु नै

भेटौ भन्यौ हुन्छ भने, त्यही नेरै गल्ती भयो
आत्मघाती कदम थियो, भेट्न आउनु नै

सिक्दैछु

छोएर तिम्रो तस्बिर रुनलाई सिक्दैछु
ख्यालठट्टा होईन गम्भिर हुनलाई सिक्दैछु ।

तिमी पो उढ्छ्योउ चरी झै, घरी एता र उता
धर्तीबाटै आकाश छुनलाई सिक्दैछु । ।

(8:48 Am 2012-10-13)

जीन्दगी

आइ. टी. पढेर पनि, अष्पष्ट छ जीन्दगी
जागिर गरेर पनि, दु:खकष्ट छ जीन्दगी ।
कोही बुझेर त कोही, बुझ्नै नसकेर
लाग्नेहरुको यहाँ, छरपष्ट छ जीन्दगी ।।

खाना पस्कें बा

ऊ सबेरै उठेर समर्थकहरुलाई आदेश दियो अबको केही छिन मै सबै तयारी हुनुपर्छ । केही छिन मै उसको घर अगाडि तुल टाँगियो । लेखिएको थियो ‘आमरन अनशन’ । नित्यकर्म सकेर ऊ त्यही तुलको अगाडि अनशनमा बस्यो । समर्थकहरूको भीड बढ्दै थियो । यतिकैमा पर्दाभित्रबाट आवाज आयो ‘खाना पस्कें बा ‘ ।

माया मारेर भन्छेउ मैले के बिगारें ।

माया मारेर भन्छेउ मैले के बिगारें ।
एक्लो पारेर भन्छेउ मैले के बिगारें ।।

जिद्धि गरिन मैले तिमी खुसि हौली भनी
आँसु झारेर भन्छेउ मैले के बिगारें ।
माया मारेर भन्छेउ मैले के बिगारें ।।

संसार जितौला गर्थेउ, म देखि टाढा हुदा
ऐले हारेर भन्छेउ मैले के बिगारें ।
माया मारेर भन्छेउ मैले के बिगारें ।।

जन्मदिन

पहिलेको जन्मदिनमा
लाग्थ्यो दिमाग भर्छु यो साल ।
अहिलेको जन्मदिनमा
लाग्छ बिहे गर्छु यो साल ।।
पछि एउटै बुढी हेर्दै
लाग्ला हिस्स पर्छु यो साल ।।।

हो म असक्षम थिएँ

गाढा निद्रा र मिठो सपनापछि ब्यूझन्थेँ
हल्का कुहिरो अनि रातो घाम लागिरहेको हुन्थ्यो
जतिबेला म तिम्रो बाटो हेरिरहन्थेँ ।
तिमी नआउँदा दुःख लाग्थ्यो

नेपाल रुन्छ माटो खोज्दै

नेपाल रुन्छ माटो खोज्दै निद्रा छैन आज भोलि
हिमाल रुन्छ बाटो खोज्दै निद्रा छैन आज भोलि

गरीबि छ महँगी छ बर्षात मै पानी छैन
कुमाल रुन्छ आटो खोज्दै निद्रा छैन आज भोलि