कति जाति हुन्थ्यो प्रिये, सम्झ्यौ भने ठिक्क ठिक्क
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क
भन्दिन म सम्झ धेरै, तिम्रो आफ्नै सुर्ता होलान
कहिलेकाहीं त अरुले नि, तिम्रो बाटो कुर्दा होलान
डर लाग्छ हाम्रो माया, हुने हो कि फिक्का फिक्का
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क
मिल्न पनि गाह्रो नै छ, छुट्न पनि गाह्रो रै छ
टाढा भई लाको माया, जुट्न झनै गाह्रो रै छ.
कैलेकाहीं त लाग्दोहोला, तिमीलाई पनि दिक्क दिक्क
उता तिम्रो धड्कन बढ्दा, आउँथ्यो यता हिक्क हिक्क
शब्द – विजय कुमार पाण्डे
स्वर, संगीत – जिबिहाङ् राई