Skip to content

तृष्णा राज्यश्री कुँवर

सुनरीको पञ्चैती

‘सुनरी त मर्नै लागेकी छ रे !’ गाउँभरि हल्ला फैलियो । हिजै म सुनरीलाई हेर्न गएकी थिएँ, दुब्लाएर ख्याउटी सुनरी, आँखा फुस्रा, ओठमुख कलेटी परेका, कपालभरि टाटैटाटा, हत्केलामा फोकैफोका, नीलो दबाईको झोल कटकटिएर हातमै सुकेको थियो ।

चिप्लिएको समय

  • by

म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू पनि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै भइसकेको हुन्छ, हरेक भोलिहरू आजै बनिरहेका हुन्छन् । हिजो, आज र भोलिका बीच म रिङ्गरिहन्छु ।

बन्धक

  • by

एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । “छोट्वा कागजपत्रको ख्याल गरेस्, विदेशमा एउटा सानो कागज छुट्यो भने पनि खुब दुःख पाइन्छ” म छोट्वालाई बारम्बार एउटै कुरा सम्झाइरहन्छु । “दलालीले धोखा नदिए हुन्थ्यो । कागजपत्र सबै उसैको जिम्मा लगाइयो, अब के हुने हो ? उता गएर पनि भने जस्तो हुने हो कि नाइँ ।” विमानस्थल नजिकै पुगेपछि छोट्वा झन्झन् आत्तिदैछ ।