Skip to content

शारदारमण नेपाल

नेपाली राजनीतिक कथाहरू: लोककथाको महत्त्वपूर्ण कृति

  • by

कथा आजको अत्यन्तै लोकप्रिय विधा हो । कथामा धेरै प्रयोगहरू पनि भएका छन् । आजको सर्वाधिक चर्चा र आकर्षणको विषय राजनीति हो । राजनीतिकै कारण देश र जनताले दुःख पाएको अवस्थामा राजनीति विशेष चासोको विषय हुँदोरहेछ । चासोकै कारण यी विभिन्न समय खण्डमा साहित्यकारहरूले राजनीतिलाई आफ्नो साहित्यिक कृतिहरूमा सम्बोधन गर्दै आएका छन् । कवितामा मात्र होइन गद्याख्यानमा पनि राजनीतिले यथेष्ट सम्बोधन पाएको छ । कथामा त अझ विशेष रूपमै राजनीति सम्बोधित छ ।

नयाँ वेद

“आज विद्यालय चाँडै छुट्टी भो’ ! विद्यालयमुनि बराजुको घरमा कथा लाग्या छ नि ! म पनि हेर्न सुन्न गा’थेँ । पर्खालमा बसेर सुनेँ । कथामा वेदका कुरा आ’थ्यो । बराजुहरूको वेद छ रे ! वेदमा ज्ञानगुणका कुरा छन् रे ! मान्छे कसरी बुद्धिमान हुन्छ सबै कुरा वेदमा छ रे ! त्यो वेद जनै लगाउने बराजुहरूले मात्रै पढ्न सुन्न हुन्छ रे ! मलाई पनि जनै लाइदिनुस् न । म पारिघरे पण्डित बराजुकोमा वेद पढ्न जान्छु, हुन्न हजुरबा ? मलाई पनि ज्ञानगुण पढेर बलियो हुन मन छ ।