सुन्नेले नसुनेपछि के भनाइ भो र यहाँ
देख्नेले नदेखेपछि के गराई भो र यहाँ
कदम कदममा बिर्सेपछि यथार्थता
भालुलाई कथा के पढाई भो र यहाँ
रुप उही परिवेश उही खाली नाम मात्र
अर्थेहीन भएपछि के बसाईं-सराई भो र यहाँ
हुँदा खादा त सबै हुन्छन नि सबका
२,४ मलामी नबनाई के मराई भो र यहाँ
भाग बन्डा गरिदिएपछि यहाँ कसैले
अब हाम्रो के पहाड के तराई भो र यहाँ
भो आशा नगर ढुंडी यहाँ मिथ्यामा
लडिसकेपछि के चडाई भो र यहाँ
