Skip to content

रमेशजंग सिजापति

आरम्भको नयाँ चित्र

  • by

नयाँ चित्र
झट्ट हेर्दा
चित्रपटमा मसी पोखिएझैँ छ
अर्थात् आजको वास्तविकता
कलाकारी भाषामा
सिद्धान्तविहीन चित्र
जहाँ अमूर्तताभित्र अमूर्त
अस्पष्ट नयाँ चित्र

कालीगण्डकी दर्शन

  • by

विगत एक दशकदेखि हामी तीन भाइ कलाकार मोहन नरसिंह राणा, साहित्यकार दिव्य गिरी र रमेशजङ्ग सिजापतिबीच निकै मीठो सम्बन्ध रहिआएको छ । यो सम्बन्धको सूत्र भाषा, साहित्य र कला नै हो । यो सम्बन्धका कारण हामी तीन भाइले बेलाबेलामा नेपालभित्र तथा नेपाल बाहिर पनि धेरै दिनसम्म सहयात्रा गरिसकेका थियौँ । यस वर्ष पनि पश्चिम नेपालको रमणीय र पर्यटकीय सहर ‘प्राकृत पोखरा’ जाने कार्यक्रम बनायौँ ।