Skip to content

लभ्रेल

मेरो कविताको स्रोत

शब्दको तलाशमा गाको थिए
फर्केर आको छु
शब्द त भेटिन शायद
तर,
भावना ल्याको छु
असंख्य अनि बिबिध
हो! विधा निरपेक्ष भावनाहरु
सबै मेरै हुन्
येही सानो मनको अनुर्वर स्रोतहरुको
पैदाइशि, कथित-अमर भावनाहरु
संगालिएका अवान्छित रहरहरुले,
मुटुले गुडुल्कि मार्दै छाती पोल्दा
श्वास रुपी ज्वाला सहेको प्रहरहरुले,
मध्य राति कालो छानाको अग्रभूमि मा
खुल्ला आखा अगाडी मेरो सपनाको डुबेको शहर हरुले,
निरङ्कुश मगज र लोकतन्त्रीक मन बीचको शीत युद्धको मेघको बेग
थेग्न अनिदो कम्जोर मेरो आखा को नहर हरुले
प्रतिपाद गरिरहेछन
मेरा अनिरुध्ध अनुरागका लहरहरुलाई निरन्तर

खैरिनी, तिम्ले मन चोरिनौ

चौबाटोमा आखा जुध्दा
तिम्रा नजर झुकेनन्
ओठले हासे जस्तो त गरिदिए
तर,
मुस्काउन जानेनन

लाग्छ,
तिम्ले तेसरी ठाडै फर्केर हेर्न नहुनेथ्यो
बरु,
कुर्ताको फेदको टुप्पोमा बेरिएको चोरि औला
अझ दह्रो गरि बेर्दै
अथवा,
एउटा हातका औलाहरुले
अर्को हातको पाखुरा चिमोटी
गाला देखि कानसम्म रातो परेर
सास फुलाउदै
अपरिचित जस्तो
मुन्टो झुकाई
लज्जा र बाध्यता बीचको तरुल झैँ
तिम्रा ओठको
दोधारमा परेको मुस्कान
तेस्माथि हावाले फिजाएको केश बीचबाट
तिम्रो कर्के हेराई ममा परेको हुन्थ्यो भने
काठमाडौँको धारामा
आउने हावाको बेगको
दोब्बर गतिमा
मेरो मुटु उफ्रिदै
तिमिसम्म पुग्थ्यो होला

मुसी को बिहे

मुसी खुसि छे
सुन्दर भाकी छे
शृंगारले होइन
मेरो माया ले
मेरो हुने अभिलाषाले
लजालु, मायालु, संयम छे
जे होस् मुसी खुसि छे

चाहना पुरा हुदैछ उसको
मेरो जीवनको मालिक हुदैछे
जीवन भ्रमणको सहयात्री
नछ्ट्टिने साथी
मेरो कथाको नायिका
ममा समाहित भाकी छे
जे होस् मुसी खुसि छे
भुइमा खुट्टा छैन
सपना थप्दैछे
मलाई अङ्गाल्न आतुर
अनि नछोड्न तत्परछे
जे होस् मुसी खुसि छे

उसको जीवनको निर्णय
मसंग बाच्ने
सधै, संगै, अनन्तसम्म
जीवन पर्यन्त पनि
सबै थोक लत्याएर
म रिसाहा लाइ पत्याएर
आशु र मुस्कान संयोजन गर्न आकीछे
जे होस् मुसी खुसि छे

म कदर गर्छु मुसी तेरो भावना

सुखद अँगालो दिवस !!!!

किन पर छौ अझै
किन हेर्दै मात्र
सहन सक्छु जस्तो लाग्छ ?
बुझेर पनि बुझ्न गारो भो मलाई
तिम्रो आखा र ओठको द्वन्द
आकाश खुसि हुदा नि पानी पर्छ र लाटी?
पर्छ शायद
प्रकृति परास्त छ मायाको अगाडी
कृपया, नरोक आफुलाई
बग्न देउ म तिर
तिम्रो मन झैँ
जति टाढा भए पनि सधै मसंगै हुन खोज्ने
टास्सिउ बेस्कन
तिम्रो आखा झैँ
मेरो अनुपस्थितिमा मेरो तस्बिरमा टास्सी रहने
डुबाउ मलाई
तिम्रो आशुलेझैँ
धेरै पछि को मिलनमा मेरो छाती भिजाएजस्तो
नबाध तिम्रो माया
बर्सिन देउ
गोलिझैँ
मेरा इन्द्रीयहरूमा
नरोक तिम्रो बढेको धड्कन
धड्किनदेउ अझै
मिल्न देउ मेरो धड्कनको आबृतिसंग
जलुन फुलहरु सौदर्यसंग

हिजो राती शिव आएन

न चुरोटको फेद देखि
शिव-बुटीको अत्तर लागेको
फोक्सो पोल्ने मुस्लो उड्यो बेफ़िक्रिको
न जादुगर धुवा तानेर मगज हल्लाउदै
खुट्टा जमीनमा राखेर
गगनको भ्रमण गरियो
न गुडाउने झोल पिएर
दिनभरि मनलाइ कुदाउन सकियो

तिमी देखिन

त्यहाँ तेत्रो भीड थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

खोजि र’थें म यता उता हुलमुलमा
मुटु भित्र टीठ थियो तिमी देखिन
आँखा भरि पीर थियो तिमी देखिन

अलपत्र भइ भीडमा आँफै हराएँ

प्रेम गर्छु…

म भित्र नै जन्मेकीछे प्रेरणा,
कहिल्यै नमर्ने गरी
शायद, मेरो मृत्यूपर्यन्त पनि बाँच्छे ऊ
हरेक कदममा म उनको साथ लिने गर्छु,

कसैले व्यक्तिविशेष नसम्झिनु मेरी प्रेरणालाई
ऊ परिवर्तित छे,

म यसरी रुन्छु…

एक्कासि मुटु दुख्यो…
डील नै भत्कएर परेला भिजाउदै
त्यसले नयन छाड्दैछ

बिदाइमा काँपेका आँखाहरु
अनि,
मस्तिश्कले हानेको शोलाको आवाज
अझ टड्कारिने क्रममा

अझै भक्कानो फुट्न बाकीको स्थिति

मुस्कानको बहाना खोजिदिन्छु…

तिमी समस्याको झटारोले मलाई हान,
म समाधानको बाटो रोजिदिन्छु
तिमी आँशुको कारण म मा पोख,
म मुस्कानको बहाना खोजिदिन्छु

तिम्रो खुशी भन्दा पर मैले
गन्तव्य नै आफ्नो पाएको छैन

भन्न पो नसकेको…

तिम्रो सामु मनको गांठो खोल्न पो नसकेको,
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

गजल फुर्छ, शायर फुर्छ, डुल्छ मन चञ्चल,
कुरा बुझन लाटी मात्र उड्न पो नसकेको
माया गर्छु नि तिमीलाई भन्न पो नसकेको

चुरोटको धुवां पछि….

चुरोटको धुवांपछि रुमल्लिदै यी आखाहरुले
तिम्रो बाटो हेर्न अझै छाडेका छैनन्,
हरदम तिमीलाई नै बोकिरहन्छन्
तैपनि यी थाकेका छैनन्

घण्टौ कुरि एकपल तिम्लाई हेर्ने चाह
यो मनले पनि कहा मार्न सक्यो र?

दुई रुपियांको चकलेट दिऊं???

घर्रा भित्र आंखा डुलाउदै – चारैतिर,
नोटहरु पन्छाउदै,
सिक्का उठाउदै,
गन्दै, फेरि राख्दै,
टिप्दै, गन्दै, फेरि राख्दै,
कौतुहलता बाट निराशा
अनि
निराशा बाट नैराश्यतामा बदलिएको
आखाको भावलाई

मौन सुहागरात

बल्ल तिम्रो घुम्टो उठाएं,
शिशिरमा बादलले ढाकेको सुर्य दखिएझै भो
चोरी औलामा चिउडो टेकाएर मुहार उचालेको बेला
तिम्ले आखा चिम्म नगरेको भए
म यति प्रभावित हुनेमा दुविधा छ