Skip to content

म यसरी रुन्छु…

एक्कासि मुटु दुख्यो…
डील नै भत्कएर परेला भिजाउदै
त्यसले नयन छाड्दैछ

बिदाइमा काँपेका आँखाहरु
अनि,
मस्तिश्कले हानेको शोलाको आवाज
अझ टड्कारिने क्रममा

अझै भक्कानो फुट्न बाकीको स्थिति
मुस्किल छ,
शायद सकिन्न कि?

आखिरमा,
गारो मान्दै,
नयनलाई हात हल्लाएर खस्छ त्यो

रातिएर भिजेका नाक
अनि,
थरथराएका ओठ अरु थरथराउन थाल्छन्

भएभरका घाऊ टनटन गरिरहने
आँखा सिचाईमै व्यस्त

कहिले ओठहरु पटिन्छन्
कहिले गाला रसिन्छ
अब तिनलाई पनि पुगेछ
र पो,
छाति भिज्न थालेछन्

कता कता आवाज पनि गुन्जिदै छ
जलमय आँखाबाट
तिम्रो तस्विर बिस्तारै धमिलिदैं जान्छ,
बिलिन हुन्छ

अनि म
बेहोश झै हुन्छु

थाहा छ तिमीलाई
म यसरी रुन्छु…

2 thoughts on “म यसरी रुन्छु…”

Leave a Reply

Your email address will not be published. Required fields are marked *