मौन सुहागरात

बल्ल तिम्रो घुम्टो उठाएं,
शिशिरमा बादलले ढाकेको सुर्य दखिएझै भो
चोरी औलामा चिउडो टेकाएर मुहार उचालेको बेला
तिम्ले आखा चिम्म नगरेको भए
म यति प्रभावित हुनेमा दुविधा छ
त्यो चिम्मलाई समर्पण सम्झु कि लाज – शायद् समर्पित लज्जा

हात समाति जग्गे घुमेको
अनि
सिंउदो कोर्दाको क्षणहरुलाई नै त्यो चिम्मको रहस्य मान्छु म
तिम्ले म मा आफ्नोपन खोज्दा त्यसरी भेट्यौ भन्ने ठान्छु म

तिम्रा परेलाले झल्काएका खुशी
अनि
मौन भई ओठहरु द्वारा बोलिएको डर
मेरा ग्यानेन्द्रियले अनुभव गरिरहेछन्-प्रश्टसंग,

अहा ! तिमी र तिम्रो औपचारिकता,
उस्तै, दुरुस्तै,
सारै मनमोहक,
अति जिम्मेवारिबोधित,
शिश्ट, निक्कै बिशिश्ट

मेरो खुबी हो कि तिम्रो सुन्दरता – सिंदूर पनि कत्ति सुहाको?
मलाई आफैसंग परिचित गराउने खाल्का तिम्रा अंगडाईहरु,
लाजले रातिेएका गाला,
कापिरहेका ओठ,
नाकमार्ग हुदै फोक्सोमा पुग्ने
अनि
एकछिन पनि आराम नगरी बाहिर निस्किने
तिम्रो श्वासको कौतुहलता,
फेरि ति सबै अनवरत अवलोकन गरिरगने मेरा चक्षुका शालिनता,
सांच्चै प्राक्रितिक नै हुन् – तैपनि म विश्वस्त हुन खोज्दैछु

यो रात धेरै बुझ्न भ्याएकोछु,
अरु चन्ट्रमामा पुगे अरे
मैले त यहिं ल्याएकोछु
रेशमी घुम्टो ओढाएर,
सबै बाट लुकाएर

अब न भुतसंग गुनासो न भविश्यप्रतिको चिन्तन छ,
म यथास्थितिवादिलाई तिम्ले एक चोटि हेरिदिए
महादेवको “तथास्तु” पनि कुर्बान छ्।।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

6 thoughts on “मौन सुहागरात”

  1. अतिथि ज्यूको टिप्पणी बुझ्न
    अतिथि ज्यूको टिप्पणी बुझ्न सकिन।।।।।।

  2. Ati utkrista lagyo
    बल्ल

    Ati utkrista lagyo
    बल्ल तिम्रो घुम्टो उठाएं,शिशिरमा बादलले ढाकेको सुर्य दखिएझै भो चोरी औलामा चिउडो टेकाएर मुहार उचालेको बेला
    तिम्ले आखा चिम्म नगरेको भए……………………………………………..

    subhakaamana6

  3. daro chha hai lavrel ji…
    daro chha hai lavrel ji… keep it up…

    Aba chadai nai tapaile nikalnu bhayeko kitab herne rahar chha…

    aasha chha chadai nai pura hunechha!

Leave a Reply

Your email address will not be published. Required fields are marked *