Skip to content

नीराजन शिरीष

nirajan thapa

केहि हाइकुहरू

एसएलसी पास
खाडीको रोजगार
यहि हो खास !
***
एसएलसी फेल
बरा ! झुण्डेर मर्यो
दैवको खेल !!
***
आयो हैं बेला
माग्नकै लागि हुने
दाताको भेला
***
हिजोको चोर
नेता बन्यो अहिले
चर्कै छ स्वर !

एउटा सिंगो रात

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”
“हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”

उत्सव र ठूलो ढ्वाङ

एकदम बिरलै
एउटा उत्सव लिएर
हुलहुलका मान्छेहरू
हाम्रा गाउँमा उक्लन्छन्
र, सात गाउँ बिउताउँने गरी
ठूल्ठूला ढ्वाङबाट
चिच्याई चिच्याई उनीहरू –

देवकोटा अर्थात पागल

स्वर्गबाट,
तिम्रो प्रमिथसले
आगोको फिलिङ्गो चोरेर
तिम्रो वतन उजिल्याए झैं
मुग्लानबाट,
मेरा प्रमिथसहरू
श्रमको मूल्य बेचेर,

भन्दिन म तिमीलाई (गजल)

कुरा केही मायाको सुनाएर गयौ,
भन्दिन म तिमीलाई रूवाएर गयौ

जस्तो थिएँ खुसी थिएँ आफ्नै संसारमा
केही पल खुसी बनाई दुखाएर गयौ

प्रेम

अस्ति नै,
उनीहरूले मलाई
प्रेमको बारेमा
धेरै सिकाउन खोजेका थिए ।
र पनि मैले बुझ्न सकिन
कि, प्रेमको बारेमा ।

म सधैं,
प्रेमलाई
तौलिन खोज्थेँ
व्यर्थका चिजहरूसँग
गुन्द्रुकसँग, खोलेसँग ।

हामी भिखारी

हामी सबै भिखारी
निरीह र विपन्न,
आस्थाका भिखारी
दयाका भिखारी
र, परिवर्तनका भिखारी

कृत्रिम आस्था घोकेर
सिद्धान्त रटेर
र, पिछलग्गु भएर
व्यवहार शुन्यः बनेका हामी
भिखारी आस्थाका ।

पठाईदिनु

जन्माउन सक्ने सपुत कोख पठाईदिनु
माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु

सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो
देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु

देशलाई माया मारी कति डाँडा काटी गए

काठमाडौंमा

१. सबेरै
पशुपतिबाट
एउटा थालिभरी
फूल, चन्दन र आशिष लिएर
कुदेको हुन्छ, शिवराम
बस स्टपहरुमा ।
बेलुकी,
बस स्टपहरुबाट
त्यही थालिमा
दाम, गाली र घृणा भरेर
निस्केको हुन्छ, शिवराम
सोमरसको खोजीमा ।