१)
पिरतीको एउटा मैन सल्कायौ
अाएर फेरि गयौ बेचैन बनायौ
न मायामा फूल्यो न झरी गयो
भ्रमको यो कस्तो खेती लगायौ
२)
के गर्दैछौ ? सोध्यौं, म झर्दैछु भनूँ?
कि उन्नतिको शिखर चढ्दैछु भनूँ ?
नसकेपछि लुकाउन पीडाहरू
बेजवाफ बनेँ म, के गर्दैछु भनूँ?
३)
जनता प्रकोपको पीडा झेल्दैछ
बेजोड जीवनको रथ ठेल्दैछ
तिम्ले सोध्यौ सरकार कहाँ छ?
बेहोश छ ऊ भकुण्डो खेल्दैछ!
