Skip to content

गीता केशरी

नजन्माएकी छोरी

  • by

मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत् मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ ।

समर्पण

हरिलाई आजभोलि निकै कविता पढ्ने सोख चलेको छ । त्यसमा व्यक्त भावना र विचारमा डुबुल्की मार्दै हराउन चाहन्छन् । आफ्ना अरू साथीहरूलाई पनि उनी भन्दै हिँड्छन्, “कविता पढ अनि मन शान्त हुन्छ । कविता लेख मन समालिन्छ ।” साथीहरू भने उनलाई उल्काउँदै भन्छन्, “त्यो पढ्ने तैँले हो । भरखरभरखर विवाह गरेको छस् । यही बेला हो कविता लेख्ने र पढ्ने अनि भावुक हुने । हामीले त्यस्ता समय बिताइसक्यौँ । अब त छोराछोरी आएर भन्छन्, बाबा देखाउनुहोस् न तपाईंले पढेको त्यो किताबमा कस्तो तस्बिर छ ।”

तमासा

  • by

कार्तिक महिना जताततै तिहारको चहलपहलले गर्दा वातावरण निक्कै रमाइलो लाग्दो छ। ठाउँठाउँमा तिहारबजार खोलिएका छन् भने स्थापित बजारहरूमा नयाँ सामान थप गरिएकाले ग्राहकहरूको घुइँचो बढेको छ।

वर्षका दुई महान् चाड दसैँ र तिहार। ऋणधन जे-जस्तो बेहोर्न परे पनि संस्कृतिको जगेर्ना गर्न भनूँ या समाजमा इज्जत बचाउन भनूँ मान्नैपर्ने चलन छ। तसर्थ सबै किनमेलमा लागेका छन् र तिनले भन्न सक्ने एउटै भाखा छ – ‘‘कस्तो भाउदर बढेको, यसपालि त ?‘‘

सहारा

  • by

धेरै वर्षबाहिर बिताएर उमा आफ्नो गाउंघरमा मीठो सपना लिएर र्फकदै छे । बस यात्रुहरूले खचाखच छ र ऊ यिनै यात्रुहरूको साथमा शरीरलाई थरथराउंदै गुडिरहेकी छे । झण्डै १२ घण्टाको यात्रा तय गरिसकेकी छे । अब त बिहान पनि भइसकेको छ, त्यसैले ऊ झयालबाट बाहिर हेर्छ। उसका आंखाहरू ती हरिया डांडाहरू, डांडापारिका श्वेत हिमशिखर सबैलाई समेट्न आतुर हुन्छन्, मानौं ती हराएका दृश्यहरू आज उसको अगाडि एक्कासी आइपरेको छ । ऊ रम्छे, हतारिन्छे टाढाटाढासम्म आंखा दौडाइ खोजिरहन्छे आफ्नो देशको प्राकृतिक छटाहरू, आफ्नै विशेषता बोकेको त्यो सौर्न्दर्य, जुन अपूर्व छन् । छहराको छ्वाङ’छ्वाङ आवाजले उसको ध्यान त्यतातिर आकर्षा गराउंछ र त्यसलाई दर्ेहाहेर्दै ऊ पनि त्यसैसाथ छलाङ्ग मार्छर्ेेसम्झनाको खोंचमा कल्पनाको तानावाना लिएर ।