Skip to content

मधुपर्क २०६८ बैशाख

नियति

  • by

लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा
सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा ।
गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण
कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।।

बाँसुरीको धुनसँगै मादलुको ताल

  • by

बाँसुरीको धुनसँगै मादलुको ताल
मनको मैलो पखालेर साँझको बक्ती बाल ।
डरभर कसैको छैन कस्तो आयो काल
निष्ठुरीक्ो भरपर्दा बल्ल पाएँ चाल ।

नीति श्लोक

  • by

धेरै छन् नीतिका उक्ति घोक्यौँ बुझ्यौँ भने ‘सुधा’
मौकामा काम लाग्नेछ के हो जीवन ? हो ‘क्षुधा’
यात्रा-सङ्घर्ष चुनौती स्वप्न सौन्दर्य प्रेम यो
हिँड्ने मनुष्यका बाटा मृत्यु जिवन्त घाट हो ।

मिल्दैन छुट्याउन

  • by

धेरै योग्य गुणी जगद्गुरु हुने होला कहाँ को भनी
विद्याको मुटु मुख्यकेन्द्र जुन हो कासी त्यहीँका पनि
खोज्दैथे सब प्राज्ञ पण्डितहरू जहीँतहीँ विश्वमा
यस्तै मानव एक भेटिनु भयो नेपालकै भूमिमा

पत्रकारिता र साहित्यको मिश्रण

  • by

झण्डै चार दशक नेपालको आमसञ्चारका क्षेत्रमा सेवा गरेर उमेरको हद पुगी निवृत्त भएका दुर्गानाथ शर्मा कुशल सञ्चारकर्मीका रूपमा प्रसिद्ध छन् ।

कोमल गीतका तरेलीहरू

  • by

कोमल र हार्दिक मनको सुललीत अभिव्यक्ति हो गीत । मन छुने गीत गुन्गुनाउँदा बोझिलो मन पनि सजिलोको अनुभूत गर्छ । भोजपुर, दोभाने-४ सालेवामा जन्मेका बिमल गिरी चारपाने झापा हुँदै सीमा काटेर हुत्तिए ।

पठनीय कथा सँगालो

  • by

नेपाली साहित्यका वर्तमान कालखण्डका कुशल सर्जक बाबुराम लामिछानेको प्रशासनिक र साहित्यिक दुवै व्यक्तित्व सवल र सशक्त रहेको छ । उनी प्रशासक भएर विभिन्न जिल्लामा बस्दा अनुभूत व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनका सत्यतथ्यहरू पाखाको कथासङ्ग्रहमा सहज र सम्प्रेष्यरूपमा उद्घाटित छन् ।

स्पष्ट विचारका कविताहरू

  • by

कविता कसका लागि लेख्ने भन्ने अझै बहसको विषय नै बन्ने गरेको छ । त्यसो त कवितामा कलापक्ष ठूलो कि विचार पक्ष भन्ने विवाद पनि उस्तै छ । यी विवादहरूकै बीचमा कवि अतृप्त पाण्डेको कवितासङ्ग्रह ‘समयसित रुमाल छैन’ बजारमा आएको छ ।

नारीप्रधान सन्दर्भका कथाहरू

  • by

थुप्रै उपन्यासहरू प्रकाशन गरिसकेकी, थोरै गजलसङ्ग्रहबाटै गजलकारका रूपमा धेरै प्रसिद्धि कमाइसकेकी स्रष्टा श्रेष्ठ प्रिया ‘पत्थर’ को कथासङ्ग्रह ‘एउटा अर्कै बाटो’ प्रकाशित पश्चात् उनी कथाकार पनि भइसकेकी छन् । प्रस्तुतसङ्ग्रहमा विभिन्न शीर्षक र सन्दर्भका सत्रवटा कथाहरू समाविष्ट छन् ।

व्यावहारिक व्याकरण कृति

  • by

नेपाली भाषाको व्याकरण लेखन परम्पराको फेहरिस्तमा बलदेव अधिकारी ‘गाउँले’ को एउटा अनुसन्धानात्मक गहन कृति थपिएको छ ‘मध्यस्थ व्याकरण ।’