Skip to content

धेरै वर्षबाहिर बिताएर उमा आफ्नो गाउंघरमा मीठो सपना लिएर र्फकदै छे । बस यात्रुहरूले खचाखच छ र ऊ यिनै यात्रुहरूको साथमा शरीरलाई थरथराउंदै गुडिरहेकी छे । झण्डै १२ घण्टाको यात्रा तय गरिसकेकी छे । अब त बिहान पनि भइसकेको छ, त्यसैले ऊ झयालबाट बाहिर हेर्छ। उसका आंखाहरू ती हरिया डांडाहरू, डांडापारिका श्वेत हिमशिखर सबैलाई समेट्न आतुर हुन्छन्, मानौं ती हराएका दृश्यहरू आज उसको अगाडि एक्कासी आइपरेको छ । ऊ रम्छे, हतारिन्छे टाढाटाढासम्म आंखा दौडाइ खोजिरहन्छे आफ्नो देशको प्राकृतिक छटाहरू, आफ्नै विशेषता बोकेको त्यो सौर्न्दर्य, जुन अपूर्व छन् । छहराको छ्वाङ’छ्वाङ आवाजले उसको ध्यान त्यतातिर आकर्षा गराउंछ र त्यसलाई दर्ेहाहेर्दै ऊ पनि त्यसैसाथ छलाङ्ग मार्छर्ेेसम्झनाको खोंचमा कल्पनाको तानावाना लिएर ।

उ सम्झना पुग्छे, त्यो घर आंगन जहां उसका बा-आमा, भाइबहिनीहरू बिहानीको चटारोमा व्यस्त रहेका हुन्छन् । यस्तै अवस्थामा वर्षौपछि घर र्फर्केकि छोरी पुग्छे र सानै उमेरमा भागेर गएकी यस्ती छोरीलाई देख्दा उनीहरूमा कस्तो भानात्मक परिवर्तन आउला –
यसैलाई लिएर सम्झना र कल्पनाका दुइ धारबीचबाट बग्न थाल्छे । यो प्रवाह उसलाई अति रमाइलो लाग्छ । ऊ मन र मस्तिष्कको संवादमा आफू अल्भिmदै बसको दौरानको समय काटिरहन्छे ।
उ कल्पना गर्छर्ेेउसका बा-आमाले उसलाई त्यहां टुप्लुक्क देख्दा रमाउंदै एकैमुख भई सोध्नेछन्- “यत्तिका वर्षम्म कहां बेपत्तिएकी – कसरी हामीलाई बिर्सेछुबस्न सकेको निठुरी -” त्यसको जवाफमा ऊ दौंडंदै गई आमाको छातीमा टांस्सिएर भन्ने छे- “कहां बेपत्ता हुन सकें र आमा – यही मायाले त डोर्याएर ल्याई तपाईंको पोल्टामा हालिदिएको छ । मलाई माफ गरिदिनुहुन्न आमा -” यो जवाफले अवश्य पनि आमाले आफ्नो छातीमा टांसेर ममताको स्पन्दनले वर्षौ खाली रहेको यो मनलाई भरिदिनुहुनेछ ।
यति कल्पनाले पनि ऊ फुरुङ हुन्छे र भाइबहिनीहरूलाई सम्झन पुग्छे, जसलाई बोक्दै, डुलाउंदै उसले हर्ुकाएकी थिई । यसरी उनीहरूलाई सम्झंदा उसलाई लाग्छ अहिले पनि ती उसको कम्मरमा बसिरहेका छन् । गरुङ्गो भान हुन्छ र ऊ एकपटक चल्मलाउंछे पनि ।
फेरि सम्झन्छे त्यो कान्छो भाइलाई जो कुपोषणले गर्दा रोगी थियो । रोइरहन्थ्यो र बुइ’ भनेर हात पसारिरहन्थ्यो । अहिले त त्यो पनि जवान भयो होला । धोक्रो स्वरमा भन्दो हो- “होइन, त्यो दिदिले घरै छोडेर कहां गएकी होली – एक त आइमाई, त्यसमा पनि त्यो गति कि”- बांचेकी पो छ कि छैन -”
यस्तो कल्पना गर्दै ऊ मुसुक्क हांस्छे र अर्को तर्क मनमा उठाउंदै भन्छे- “त्यहां मेरो उपस्थितिले अरु केही गर्न नसके पनि यति त सबैले जान्ने छन्- मस्तिष्क, शरीर र मन पृथक रहे पनि मस्तिष्कको बलले मन र शरीरलाई सहयोग गर्नेछ । जीन्दगीको परिभाषामा अर्समर्थताको लवज जोडिने छैन लङ्गडो शरीर भांच्चिएको मन एक दृश्य, अर्को अदृश्य फरक यति त हो ।
बस आफ्नो गन्तव्य स्थानतर्फ बढिरहन्छ । चालकले हर्न बजाउंछ, कहिले गेयर बदलेर गतिमा परिवर्तन ल्याइरहन्छ । धेरैपटक हर्नको आवाज सुनेर उमा झस्किसकेकी छे । यसपटकको झस्काइले उसको सोचाइ र सम्झनाको पाटा नै बदलिदिन्छ ।
उमाले सम्झन्छे लक्ष्मीपूजाको त्यो रमणीय रात- त्यो उसको जीवनको अविस्मरणीय रात ।
आंगनभरि केटीहरू भैलो गीत गाउंदै मादलको तालमा नाच्दै गाउंदै थिए । उमाका दुवै बहिनीहरू पनि त्यही झुण्डमा रमाइरहेका थिए । मात्र ऊ माथि झयाल र बार्दलीमा प्यालामा बत्ती बाल्न व्यस्त थिई । एक दुइपटक त ऊ काम छोडेर पनि त्यो नाचगान हेरिरहेकी थिई । सुनिरहेकी थिई मनमनै त्यही गाना गुनगुनाउंदै । उमालाई ती केटीहरूले उचालेर नाच्दैका ती पाइतालाहरू अनि नै सुन्दर लागेको थियो । गएर ती पाइतालाहरूलाई च्याप्प समातेर सुम्सुम्याउं जस्तो मान्थी । अनि ऊ आफ्नो गोडा हर्ेर्थी, विरक्त हुन्थी, रुन मन लाग्थ्यो यही सोचेर कि ऊ किन त्यस्ती जन्मिइ । त्यसपछि नाचगान हेर्ने उसको मन यसै मरेको थियो र फटाफट बत्ती बाल्न थालेकी थिई ।
उमाले त्यसरी नाच हेरेको देखेर त्यही हुलबाट एउटीले नाच्दानाच्दै भनेकी थिई- “ए दिदि ⁄ तिमी पनि आउन, साथै नाचौं के हेरेर मात्र बसिरहेकी – अहिले त हो नि हामीले नाच्ने ।”
अर्कीले उसलाई कोटयाएर भनेकी थिई- “जा तं पनि” कोही नपाएर नाच्न बोलाएकी पनि कस्तीलाई ⁄ विचरी दिदि, रहर त हुंदो होला तर गरोस् के – खुट्टैले धोको दिएपछि ।” यति भन्दै त्यो केटी खितितित्त हांसेकी थिई ।
त्यो हांसोले उसलाई यति पोलेको थियो कि उसले आफ्नो पछयौरीको टुप्पो बत्तीले टिपेको पनि थाहा पाइनन् । एक स्वरमा तलबाट सबैले- “ए दिदि ⁄ र्फर्केर हेर त तिम्रो पछयौरी आगोले टिप्यो, निभाइहाल, छिटो गर” के टोलाएकी -” भन्दा पो ऊ झल्यांस्स भएकी थिई ।
अचम्मैको हुंदो रहेछ अल्लारे अवस्था पनि । त्यसै रात सबै सुतेपछि रहर मेट्ने गरी ऊ त्यही आंगनमा सुटुक्क गएकी थिई र उही गाना गुनगुननाउंदै बिना मादल बिना तालमा एक्लै नाचीरही नाचीरही । ख्वान्टयाङ”ख्वान्टयाङ” आवाज हरेक घुमाइमा आइरहन्थ्यो, जसलाई ऊ सुन्थी र अरुले नसुनुन् भनी दबाउने कोशिसमा बीचबीचमा रोकिन्थी पनि । यो सम्झेर ऊ मनमनै हांस्छे ।
उसलाई रातको शून्यतासंग डर लाग्दैनथ्यो । डराउंथी भने मानिसको जमघटसंग । कुन बेला कसले उसको खुट्टाको कुरा निकाल्ने हो भनेर ऊ सकभर कसैको अगाडि नै पर्न चाहन्नथी । घटना प्रतिघटनाले उसलाई झन्झन् निराश पार्दै लैजांदै थियो भने चढ्दो उमेरले उसलाई तर्सर्ााहन्थ्यो । हौसला ऊ कतैबाट पनि पाउन्नथी । उल्टै कमजोर, अर्समर्थ यसले जीवन कसरी बिताउली भनेर कुरा गरेको सुन्दा ऊ आफु स्वयम् आत्मबल हराउने स्थितिमा पुग्न थालेकी थिई ।
कतिपटक उसले आफ्ना ती बाङ्गा खुट्टालाई कुट्दै भनेकी थिई- “जन्मनु मेरो दोष हो या मलाई यो रूपमा जन्माउने दोषी हो । म यस अङ्गलाई त्याग्न सक्दिन, नत मर्मतै गर्न सक्छु । फेरि मेरो यो दुर्गतिलाई लिएर किन जिस्काउंछन्, किन भन्छन् मलाई अभागी, अर्समर्थ भनेर । फेरि यही अर्समर्थताबाट नै र्समर्थवान्ले गर्नेभन्दा बढी काम लिन किन तुलिरहन्छन् -” बुझेकी थिइन् उसले त्यसबेलासम्म त्यस्तो व्यवहारको अर्थ । त्यसैले ऊ धोत्लिरहन्थी, सोचिरहन्थी ।
एकदिन” समेत उसको खुट्टाको विषयलाई लिएर कुरा गर्दा उमाले भनेकी थिई- “मेरो खुट्टा यस्तो हुनु नै तेरो भाग्य खुलेके भन्ने ठान् । मैले भाइबहिनी र आमालाई काममा सघाइदिने भएकीले मात्र हो तं स्कुल जान पाएकी, नत्र तं पनि छोरी नै होस् म जस्ती”।”
भ्याकुरीले दिदीलाई उसको गोडाबारे भन्न छोडेकी त्यसैबेला मुखभरिको जवाफ पाएपछि नै हो, नत्र त्यो पनि घोचिराख्थी, जिस्काइरहन्थी । यसरी बहिनीलाई ठेगान लगाउनु उसको पहिलो विजय थियो आफ्नो आत्मबल सुरक्षाप्रतिको र यसैबाट उसले धेरै सिक्दै थाहा पाउंदै गई । सहेर, रोएर बस्नुभन्दा हकी हुनु आवश्यक रहेछ । यसपछि नै हो उसले आमासंग कचकच गर्न सक्ने भएकी पनि । भन्ने थालेकी थिई- “मलाई पढाउनुहोस् । तपाईं त मलाई खाली भाइबहिनीमात्र हेर्न लगाउनुहुन्छ । म लङ्गडी छु, मेरो चिन्ता लाग्छ भन्नुहुन्छ । फेरि मलाई नै किन पढ्न पठाउनुहुन्न – मैले अझ धेरै पढ्लेख गर्नुपर्छ ।”
आमाले आश्वासन दिंदै भन्ने गर्थिन्- “किन यसरी कराउंछेस्, नआत्तिइ, यो सानो भाइ हर्ुर्कियोस् अनि स्कुल पठाइदिउंला ।”
यति आमाको वचन नै उसको लागि लाख भएको थियो । ऊ प्रत्येक दिन जांगर देखाएर भाइ स्याहार्न थालेकी थिई । हरेक महिना बित्दा ऊ सिंगै युग काटेको सरह मानेर आमालाई सुनाउंथी- “आमा ⁄ भाइ दुइ वर्षतीन महिनाको भइसक्यो अब नौ महिनापछि त मलाई स्कुल पठाउनर्ुपर्छ । फेरि अरु वर्षनथप्नु होला नि -”
“हुन्छ भनिहालें नि, कति कराइ मात्र राख्छेस्” भन्ने आमा केही महिनादेखि चुप लाग्न थाल्नुभएको थियो । एकदिन त उसले सुन्न पुगि आमा फेरि बच्चा पाउने भएकी छिन् । यो खबर सुनेर ऊ सांच्चै आत्तिई । दिनभर दिक्क भइरही, यही सोचेर कि अब उसले स्कुल जान पाउन्न । आमाले भन्नेछिन्- “यो जन्मिहाल्यो, दुइतीन वर्षो हुन दे अनि पठाउंला।” उसले हरेस खाई र जांतोमा दाल दलिरही, घ्वार घ्वार गर्दै ।
यो खबरले रातमा निıा पनि परेन । चराको चिरिबिरी र परेवाको गुरगुर सुेनपछि बिहान भइसकेके थाहा पाई । उठेर झयालको कापाबाट बाहिर हेरी, मिर्मिरे उज्यालोमा मन्दिर प्रष्ट देखिएको थियो । मनका एक छेउमा आस्था जाग्यो । सहाराको खोजीमा ऊ घरबाट बाहिर निस्की र मन्दिर्रतर्फ लागी । उसको मन जर्ुर्मुराएर उठेको थियो, भगवान्संग पर््रार्थना गर्दै आफ्नो मनको वह पोख्न ।
उसको हिंडाइको चाल बढ्न थाल्यो । ऊ मन्दिरमा पुगेर आंखाबाट आंसु झार्दै भगवान्लाई गुहार्दै भन्नथालेकी थिई- “हे भगवान् ⁄ मेरा बा-आमालाई बुद्धि दिनोस् । तिनले बच्चा जन्माउनुभन्दा बढी केही जानेनन् । मेरा बा-आमालाई सम्झाइदिनोस् उनीहरूको यो लङ्गडी छोरीले धेरै पढ्नर्ुपर्छ, आंफैले कमाइ गर्नसक्ने हुनुपर्छ भन्नुहुन्छ- “यसले के गरेर खान्छे – कसले उनीहरूलाई चिन्तामुक्त हुन र मलाई आफ्नो लागि मेहनत गरेर बांच्न सक्ने हुन पढ्ने मौका दिलाइदिनोस् भगवान् ⁄ म अर्समर्थ हुन चाहन्नं । लङ्गडी त म जन्मले भएं, अब कर्मले पनि मलाई लङ्गडी नबनाइदिनोस् । मलाई बचाउनुहोस्”
यस्तै गुनासो भगवान्संग गर्दै थिई, ऊ आमाको आवाज सुनेर झस्की । डराएकी थिइ कहीं आमाले भगवान्संग मैले सहारा मागेकी त सुनिनन् । र्फर्केर आमालाई हेर्दा आमा भनिरहेकी थिइन्- “कहां गई भनेर घर सबै चाहारें, यो भने यहां आइछ । जा घरमा गाईवस्तु कराइसके, कुंडो बसाल, म आउंदै गर्छु” आमाले यति भनेर आफ्नो बिहानको समस्या छोटयाउनुभयो, तर उसले”-
उम्कने उपाएको खोजीमा घरलाई नाघेर उसका पाइलाहरू अगाडि बढेका थिए । थाहा थिएन कहां जाने हो, कता पुगिने हो, के गर्ने हो – तर ऊ उकालो-ओहोरालो नाघ्दै अगाडि बढ्दै गएकी थिई, आत्मनिर्भर हुने उपायको खोजीमा ।
निकै हण्डर पाइ, उसको लङ्गडोपनले । कहीं यसले बचायो भने कहीं निराश पनि पार्यो, तर निरन्तर प्रयासले उसलाई उपलब्धी गराइछोड्यो । अहिले ऊ आत्मनिर्भर भएर १५-१६ वर्षछि त्यही गाउंमा र्फर्किंदै छे, गाउंको सेवा गरूं भनेर । बताइदिन चाहन्छे निरन्तरता स्वच्छ लक्ष्य प्राप्तितर्फको साहसले जीवनमा कसरी सफलता ल्याउंछ भनेर ।
यस्तैयस्तै धेरै कुराहरू मनमा खेलाउंदै ऊ गुडिरहेकी थिई, एक्कासि झट्का दिएर बस रोकिन्छ । बसभित्रका यात्रुहरू ए’ए’ के भयो – भनेर कराउंछन् । चालक झोक्किदै टाउको झयालबाट बाहिर निकालेर भन्छ- “ए बूढा ⁄ आंखा छैनन् कि कसो – यत्रो बस आइरहेछ एउटा लठ्ठीको लागि ज्यान फाल्न पाङ्ग्रामुनि नै आउन खोज्छ, कस्ता हुन् यी ।”
त्यो वृद्ध उसको भनाइको वास्ता नै गर्दैन र लठ्ठी उठाएर ट्वाक ट्वाक टेक्दै आफ्नो बाटो लाग्छ । बसले फेरि आफ्नो गति लिन्छ ।
बसभित्रको एक यात्रुले अर्कोसंग दुःख मान्दै भन्छ- “यो वृद्ध थाहा छ, आधा दर्जन सन्तानको बाबु हो । के गर्नु समयले यस्तो बनाइदियो । बूढेसकालमा पुग्दा साथमा नत छोरा न छोरी । खल्तीभरी पैसा साख्छ र बिहानै गाउंघरबाट माथि उक्लन थाल्छ । यहींकै होटलमा खाना खान्छ, त्यहीं जम्मा भएकाहरूसंग कुराकानी गर्दै दिन काट्छ । केही खोजेको जस्तो गरी घुमिरहन्छ चारैतिर । सांझ परेपछि भात खाएर गाउर्ंतर्फ गुनगुनाउंदै र्झछर् । उसको मन परेको गीत पनि एउटै छ-
मुटुमाथि ढुङ्गा राखी हांस्नु पर्या छ,
निठुरीलाई माया लगाई रुनु पर्या छ ।
यो दोस्रो चरण भने उसले आंफै बनाएको हो । कस्तो अवस्था भइरहेछ गाउंका बूढाहरूको बिचरा विष्णुप्रसाद ⁄ स्वास्नीले संसार छोडेपछि त नितान्त एक्लो भएको छ ।
गम्भीर हुन्छ सुन्ने यात्रु र भन्छ- “कठैबरा ⁄ अनि लठ्ठीलाई सहारा मानी माया नगरी के गरोस् – घट्दो शक्ति भएपछि टेवाको लागि कुनै दह्रो सहारा त चाहिने नै भयो । हाम्रो पनि यस्तो अवस्था नहोला भनी कहां भन्न सकिन्छ र -”
पछाडिको सिटमा बसेकी उमा एक्कासि उठ्छे र उसलाई त्यहीं ओर्हाल्न अनुरोध गर्छर्ेे बसभित्रका सहयात्रीहरूले पनि उसलाई त्यहीं उतारिदिन खलासी र ड्राइभर दुवैलाई भन्छन् । बस बिसौनी नजिकै भएकोले चालकले मान्दैन तर उमा भने कराइरहन्छे- “ओर्हाली दिनोस्” भनेर ।
सक्दैन उसको अनुरोधलाई र्टार्न, चालक फतफताउंदै बस रोकिदिन्छ । खलासी भन्न थाल्छ- “लौ छिटो उत्रनुहोस् । यही हो तपाईंको सामान -” भनेर एउटा पेटिका पनि झारिदिन्छ ।
सामानको साथ आफुले चाहेको ठाउंमा उत्रन पाउंदा ऊ खुशी हुनुपर्ने हो, तर ऊ लामो सास तानेर थकित हुन्छे मानो उसले जीवनको हर दौडमा त्यसरी नै कहीं न कहीं उत्रनु परिरहेको छ । ऊ आफु अगाडिको लम्पसार बाटो जसलाई उसले हिंडेर तय गर्नुछ, त्यसलाई हर्ेर्छर्ेे पछाडि र्फकन्छे बितेका ती डोबहरूलाई हेर्न । त्यहां उसले उही वृद्धलाई हिंडिरहेको देख्छे जो लठ्ठीको सहारामा एक्लै अगाडि बढिरहेछ । उमा जतिजति उसको नजिक पुग्छे, लठ्ठीको ट्वाक-ट्वाक आवाज प्रस्ट सुनिदै जान्छ ।
वातावरण शान्त छ । मात्र दुइजना हिंडिरहेछन् । केही टाढा पसलहरू छन् जस्तो भान हुन्छ । उमाले आफ्नो हिंडाइको गति बढाउंछे र बोलाउंछे- “बाबा ⁄ पर्खनोस्, म आउंदैछु ।”
स्नेहपूर्ण्ा स्वरमा कसैले पर्खनोस् भनेको सुनेर ऊ टक्क अगाडि र पछाडि र्फर्केर हर्ेछ । चश्मा पुछेर हर्ेछ र हेरिरहन्छ ।
उमा आफ्नो बाङ्गो खुट्टा अघि सार्दै अगाडि बढिरहन्छे ख्वाङ्टान’ख्वाङ्टानको चालमा । उसको आंखामा आत्मविश्वासको तेज छ भने मुटुभरि माया र झोलाभरि पुस्तकैपुस्तक, उसको सहारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *