प्रेम प्रसाद भट्टराई
गोली हान्न आउँदैछु
गजल
भ्रस्ट चारी घुस्खोरिको मुटु तान्न आउँदैछु
देश द्रोही नेतालाई गोली हान्न आउँदैछु
बिदेशीको गुलामी भै झुट्टो बोल्ने नेता तिम्रो
जिब्रो झिकी तताएको तेल्मा झान्न आउँदैछु
कालापानी दशगजा टनक्पुर समेटेर
बिकासको ढोका खोल्ने नेता छान्न आउँदैछु
बिजुलि र बाटो पुल बनाउने बाहानामा
कती गारौ भ्रस्टचार सबै जान्न आउँदैछु
शाहीदकी आमा सधैं साथ दिन तिमीलाई
यो “प्रेमले” दिलै बाट आमा मान्न आउँदैछु
प्रेम प्रसाद भट्टराई
खोटाङ
हाल दोहा कतार
नयाँ बर्ष
नयाँ नयाँ खुशी हरु बोकी आउ नयाँ बर्ष
दु:ख पिडा हरु सबै रोकी आउ नयाँ बर्ष
असत्यको रजाईभो सधैं सधैं यो देशमा
असत्यको टाउकोमा ठोकी आउ नयाँ बर्ष
संबिधान नबनेको जुगै भयो नेपालमा
संबिधान सुरु मिती तोकी आउ नयाँ बर्ष
भेदभाब्ले सिमा नाघ्यो बितेका यी बर्षाहरू
समानता भन्ने पाठ घोकी आउ नयाँ बर्ष
यो “प्रेमको” मान्य छैन जता ततै धोकै धोका
धोकाकाती औंला हरु टोकी आउ नयाँ बर्ष
प्रेम प्रसाद भट्टराई
बुइपा – ८ खोटाङ
हाल – दोहा कतार
मन मनै आएकोछु
मन मनै आएकोछु मता तिमी नेर प्रिय
नपत्याए प्रेमी आँखा उघारेर हेर प्रिय
भेट् नहुदा माया हाम्रो कमी हुन्छ नसम्झनु
सम्झेकी छौ भने पनी सोचाइ त्यो फेर प्रिय
उमंगको उपाहार दिदै मैले सानु भन्दा
कति खुशी हुन्छौ होला तिमी त्यति खेर प्रिय
मिलन् हाम्रो भए पछि बिछोड् हुने छैन कैलै
जूनी जूनी संगै बस्छु मायै माया देर प्रिय
फर्किदैछु चाडै अब तिमी सँग रमाउन
यो “प्रेमको”उपाहार हासो खुशी लेर प्रिय
प्रेम प्रसाद भट्टराई
बुइपा – ८ खोटाङ
हाल – दोहा कतार
कानैमा जमरा
गजल कानैमा जमरा
पहेलै भए ढक र मक देवी थानैमा जमरा ।
दशैमा हजुर निधारमा टिका कानैमा जमरा ।।
पिङ्ग खेल्न जाउला दोहोरी हुइया सरर भन्दै ।
पिङ्गैमा बसेर दोहोरी गाउदा गानैमा जमरा ।।
आशिस थाप्ने मान्यजनबाट सिर ठाडो बनाइ ।
मन्यजनलाई मान गर्दा राख्ने मानैमा जमरा ।।
खेतका गरामा पहेल पुर धानपनी पाकेको ।
दसैंको बेला धानकाट्न जादा धानैमा जमरा ।।
केही क्षेणमात्रै रहर मलाई जमरा लउने ।
रहर पुराइ सिउरी दिउला छानैमा जमरा ।।।
प्रेम प्रसाद भट्टराई

छोड अब बिदेश जान, फर्की आऊ हे परदेशी