सम्झनामा मन रुने किन होला
बिछोडमा पीडा हुने किन होला
बेदनाले छाती पोल्दा आँखाबाट
तप्प तप्प आँसु चुने किन होला
नबोले त थाहै हुन्न को हो को हो
बोलेपछि मनै छुने किन होला
धोका दिई घायल् पारी अरुलाई
अनायसै मायाँ धुने किन होला
विश्वाश् गरी मुटु साटी सकेपछि
पराईका कुरा सुन्ने किन होला
प्रेम प्रसाद भट्टराई
बुइपा – ८ खोटाङ
हाल – दोहा कतार
