Skip to content

yograj

फेरि नयाँ बर्ष आयो

बर्ष दिनपछि आज फेरि नयाँ बर्ष आयो
कति कति दु:ख टरे फेरि आज हर्ष आयो

समयनै फेरिने हो कि अबको यो नयाँ सालमा
शुभ शान्ति हुन्छ होला अब त हाम्रो नेपालमा

तिमी मेरो प्राथना मा आयौ

कहीले सोचाइ मा आयौ कहीले सम्झना मा आयौ
कहीले सपना मा आयौ कहीले चाहना मा आयौ

धेरै दिन पछि को बसन्त रितु को आगमन संगै
अचानक छताछुल भएर मेरो भावना मा आयौ

तिमले केही मुस्कुराउदा

सितल छहारी झै लाग्छ तिम्रो केस मा हराउदा
मन को ढोका खोले झै लाग्छ तिमले केही मुस्कुराउदा

जब अधर् खोल्छौ तिमी लाग्छ जुन फुले जस्तो
बिहानी को किरण पनि तिमी संगै भुले जस्तो

तिम्रै आभास हुन्छ अचेल

गोधुली साँझ पर्दा तिम्रै आभास हुन्छ अचेल
मिर्मिरे को बिहानी मै यो मन चन्चल हुन्छ अचेल

खै किनहो मेरो मन ले खोजिरहन्छ तिमीलाई
खाली खाली यो दिल भित्र तिम्रो कमी हुन्छ अचेल

यो देश

मीठा मीठा कुरा गर्यौ देस्का लागि गर्छौ के?
बिना अर्थ जनता मारी तिमीहरु ले पाउछौ के?

नेपाल लाई’स्वित्जर्लेन्ड’झै बनाउने भन्छौ तर
सबै शैली पुरानै छ तिमले नयाँ गाउछौ के?

मोरी त पोइल पो जना लागि रे

दुईदिन टाढा हुँदाखेरी तिमी अर्कै भाकी छौ रे
छोरा छोरी रुवाइ रुवाइ चौतारी मा धाकी छौ रे

ठुलै चर्चा गर्छन् होला गाउ घर का सबले तिम्रो
तिमी भने मक्ख पर्दै लाली पाउडर लाकी छौ रे

प्रेम

हिर्दय मा माया बोकी आयेकोथे पत्याएर
के पायौ र भन तिमले मेरो माया लत्याएर

यदि तिमी निस्ठुरी नै भए त्यहि बेला भने हुन्थ्यो
आखिर आज छर्लङ भयो के भयो र रत्याएर

मेरी उनी

चोट लाग्छ दिल्भित्र तिमीसँग भेट नहुदा
पिर लाग्छ मन भरी समयनै’सेट’नहुदा

रात भरि काम गर्छु तिमलाई मनमा सजायेर
माया पोख्दै आसुँ खस्छन बन्द गर्ने’गेट’नहुदा

झझल्को

चैत मास बनै सुक्यो मनमा लागो डडेलो
मेरि माया कहाँ होलिन् योबेला लाग्यो झझल्को

भन्सा घरमा ब्यस्त छिन्की जुठोभाडो धुदै छिन्की
एकान्तमा एक्लै बसी मलाई सम्झी रुदै छिन्की

५ हाइकु

रातकी रानी
जुनजस्तै चम्किली
मेरो साथमा ।

मुसुक्क हासो
सेता लहारा दात
वठको बीच ।

अप्सरा जस्ती
फुर्सदमा बनाकी
मेरी जिन्दगी ।

पर्देशी माया
सधैं चोखो रहन्छ
खोट हुदैन ।

नेपाल आमा

नेपाल आमा सधैं तिमीलाई हसेको देख्न्न पाऊँ
चार जातलाई एउटै मालामा गासेको देख्न्न पाऊँ

पुकार गर्छु पसुपती स्वयम्भु र गुम्बा माहा
सबैले तिमीलाई मुटुभित्र साचेको देख्न्न पाऊँ

गजल

भनिदेउ न कस्तो लाग्छ समुन्द्री छाल तिमीलाई
पर्खी बसेको छु भन्छ मझी दाईको जाल तिमीलाई

किन होला यो मझीको मन बुझ्न खोजेको
दिन दिनै बताइ रहेछु मेरो मनको हाल तिमीलाई