नयाँ बर्ष २०७० को हार्दिक मंगलमय शुभकामनाका साथमा २०६९ सालको अन्तिम गजल स्वीकार्नुहोस् ।
कति सुत्नु हामी सधैं लौन अब जाग्नु पर्छ
सरकारसँग नयाँ संबिधान माग्नु पर्छ
चुनाबको चर्चा सुन्छु केका लागि होला कुन्नि
भोट माग्न आए भने छाला काडी टाग्नु पर्छ
जाति धर्म पार्टी प्रान्त तेरो मेरो नभनेर
नेपाली भै संबिधान बनाउन लाग्नु पर्छ
सोझा जन्ता ठग्नेलाई मृत्यु दण्ड दियो भने
भ्रटचारी घुसखोरी देश छोडी भाग्नु पर्छ
यस्तो कार्य गरौ अब दस बर्ष भित्रमा नै
नेपालको विकासले सगरमाथा नाग्नु पर्छ
प्रेम प्रसाद भट्टराई
बुइपा – ८ खोटाङ
हाल – दोहा कतार
