Skip to content

बसन्त महर्जन

गौतम बुद्ध र मूर्तिपूजा हरिप्रसाद रिमाल

गौतम बुद्धका सम्बन्धमा एउटा रोचक कुरा के रहेको पाइन्छ भन्दाखेरी मान्छेहरू आफूलाई मन परेका आदर्शका कुराहरू गौतम बुद्धले भनेका हुन् भन्ठान्दारहेछन् । भारतीय वामपन्थीहरू त एक समय बुद्ध र कार्लमार्क्सलाई एउटै कोटीमा राखेर कम्युनिष्ट विचार धारालाई फैलाउनतिर लागेका थिए । तिनीहरूको त्यस प्रयत्नबाट बुद्ध धर्मको पनि विकासमा केही योगदान पुगेको थियो । बुद्धका केही यस्ता मूलभूत कुराहरू छन् जोसँग कम्युनिष्टहरूको कुरासँग ठ्याम्मै मिल्दैन र आजभोलि तिनीहरू तर्किएका छन् ।

काष्ठमण्डप कि होममण्डप

नेपालको राजधानी काठमाडौँको नाम काष्ठमण्डपसँग सम्वन्धित छ । प्रचलित कुनै पनि भाषामा ‘काठमाडौँ’ को सोझो अर्थ लाग्दैन तसर्थ पनि काष्ठमण्डप शब्दकै अपभ्रंश वा अङ्ग्रेजी लवज हो भन्न सकिन्छ । यस शब्दको व्यापक प्रयोग अङ्ग्रेजीभाषामा भएको थियो भने पछिमात्रै नेपालीहरूले पनि काठमाडौँ भन्न थालेका हुन् । काठमाडौँको पूर्वरूप काष्ठमण्डप भएपछि यो कति पुरानो वा कहिलेदेखि प्रचलनमा आएको भन्ने सन्दर्भमा विमर्श गर्नु पर्ने हुन्छ ।