Skip to content

वैरागी काइला

माघेसङ्क्रान्ति र लिम्बूको नववर्ष

  • by

मन्त्रिपरिषद्ले -पुस २३, २०६५) थारू जनजातिले माघी पर्वका रूपमा मनाई आएको माघेसङ्क्रान्ति पर्वलाई मगर जनजातिको पनि राष्ट्रिय चाड भनेर राष्ट्रिय पर्वको रूपमा मान्यता दियो । यसपछि सो दिनलाई राष्ट्रिय बिदा घोषित गरेको छ -गोरखापत्र, पृ.३, आइतबार, पुस २३, २०६५) । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले देशभित्रका विभिन्न जातजाति र आदिवासी जनजातिले मान्दै आएको चाडबाडलाई सरकार र राज्यले मान्यता दिन थालेर सबैलाई समानताको आधारमा समावेशी व्यवहार गर्न थालेको स्वागतयोग्य कुरा हो ।

मातेको मान्छेको भाषण माध्यरातपछिको सडकसित

  • by

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।