Skip to content

गोपाल अश्क

घुर्की

  • by

त्यो रात, कुन्नि के भो, रमाले आफूलाई सधैँझैँ संयमित राख्न सकिनन् । उनको अविनाशसँगको वैवाहिक जीवनको तीस वर्षको लामो अवधिमा यति साह्रो नैराश्य भाव आएको थिएन । हिजोसम्म बडो प्यारो लाग्ने उनको दश बाई एघारको कोठा, कोठामा रहेको छ बाई तीनको एक पलङ्ग, पलङ्गमा अभावको पीडा खेपिरहने तन्ना र सिरानी आदि दुःख दिने साधन लाग्न थाले ।