रूपकै सोचमा बिहानी भो
रात बित्यो फगत कहानी भो।
भावनाको सधैं गरेँ पूजा
भावना कै कुरा खरानी भो।
जिन्दगी बाँच्ने थियो इच्छा
मृत्युकै रूप जिन्दगानी भो।
के सुनाऊँ कथा―व्यथा मनको
हर कथन भूलकै निशानी भो।
भो गजल गीत नै सफर साथी
हिँड्नु एक्लै सधैँ तबानी भो।
हिमाल खबरपत्रिका पूर्णांक २७३
