Skip to content

एस्पी कोइराला

आँखाको नानीमा मेरो देश हुन्छ

  • by

आँखाको नानीमा मेरो देश हुन्छ
देशलाई दुख्दा मेरो मुटु रुन्छ
सुन्दर छ भूभाग भावना विशाल
मनमा छ मुटुमा शिरमा नेपाल

रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध

  • by

रुपसित मगमगाउँदै झुम्ने फूललाई सोध
बैंससित जगमगाउँदै चुम्ने भूललाई सोध
जसै तिमी आउनेछौ दोष मलाई लाउनेछौ
छेउमै मलाई देखेर जवाफ आफैं पाउनेछौ

आधा जिन्दगी

  • by

आधा जिन्दगी रित्तिइसक्यो भनेर कहिले शोक मनाएँ
अँझै बाँकी रहेछ ठानेर उत्सव मनाएँ
जसरी हेर्यो त्यस्तै देखिन्छ जिन्दगी बल्ल होस पाएँ

खाडल

  • by

अरूनसँग जोड्नुपर्छ नाता । सयौँ आफन्तहरूले विशेषणको तानाबाना बुने, कैयौँ शुभेच्छुहरूले स्वर खापेर सिफारिसको माला उने । छोरीका लागि योग्य केटा खोज्ने कुरा चल्यो । अनेकौँ प्रस्तावहरू जोखिए, दर्जनौँ विकल्पहरू तौलिए । सब ब्यर्थ । निराशाको बादल हटाउँदै एक दिन श्रीमतीले आल्हादित मुद्रामा सुनाइन् इन्टरनेटमा एउटा प्रस्ताव फेला परेको छ, हाम्रो सर्वसम्मति छ, हजुरको अन्तिम निर्णय चाहियो ।आफन्तहरूको गोलमेच इजलासबीच इन्टरनेटबाट निकालिएको प्रिन्टआउट केलाइयो । थप जानकारीहरू इमेलबाट मगाइयो ।

घाटेवैद्य

  • by

ब्रह्मनालमा लमतन्न सिकिस्त बिरामी कुरेर
बारम्बार वैद्यबाको मुखमुद्रातिर आशे नजरले हेरेर
आश अर्थात् सास छ कि छैन भन्ने प्रश्नको उत्तर पर्खेर
बिरामीको मुखमा केही थोपा गङ्गाजल छर्केर
प्रतीक्षारत एक हूल निरास कुरुवाहरूतिर फर्केर
अँध्यारोमा कालीगण्डकीमा शालिग्राम खोजेझैँ

एक अँजुली उज्यालो !

  • by

शकुनिको पासालाई
उज्यालो पटक्कै मन पर्दैन
धृतराष्ट्रको आँखालाई
उज्यालो फिटिक्कै मन पर्दैन
द्वापर युगको उज्यालोले त
कलियुगे पापी पेट झन् भर्दैन
यसैले त मलाई अचेल किन हो कुन्नि
उज्यालोसितको भेट मन पर्दैन
शायद, यो सोचेर कि –
अँध्यारो नभएको भए
उज्यालोले कसको गर्भबाट जन्म लिन्थी –