Skip to content


केटा
अनायासै आज मनमा छायो हरियाली
अंगालोमा आऊ नाचौं मनाऊँ खुसियाली
केटी
एउटा लामो रातपछि आयो नौलो बिहानी
त्यहींबाट सुरु हुन्छ हाम्रो प्रेम कहानी

केटा
उजाड एउटा बस्तीमाझ बल्ल बत्ती बलेको छ
मेरो मुटुभित्र आज तिम्रो धड्कन चलेको छ
केटी
पहाडसँग क्षितिजको हुन्छ जस्तो मधुर मिलन
जूनीभरि साथ दिने आऊ गरौं बाचा बन्धन

केटा
सँगै रुने एकै हुने सुन्दर जूनी पाए जस्तो
प्रीतको गीत गाउँदै हाम्ले मायाप्रीति लाए जस्तो
केटी
गन्तव्यहिन यात्रापछि बाटो भेटे जस्तो लाग्छ
अर्को यात्रा सँगै थाल्दा भन तिमीलाई कस्तो लाग्छ

शब्द ‍- एस्पी कोइराला
स्वर – उदित नारायण जा, साधना सरगम
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *