Skip to content


बथान बिर्सी एक्लै भो चरी बिरानो गाउँमा
रोएरै गीत गाउँछु आज हजुरको नाउँमा

मधुरो बत्ती अधुरो यात्रा सपना मानुँ कि?
आँखा नि हेर्छु सास नि फेर्छु विपना ठानुँ कि?
झरीले चुट्यो हुरीले कुट्यो एकान्त गाउँमा
रगतले लेखें आँसको चिठ्ठी हजुरको नाउँमा

निद्रा न थकाइ भोक न सुर्ता खलखली पसिना
यहीं लेकबेंसी यो छातीभरि झल्झली सम्झना
कहाँ छु कहाँ मनमात्र यहाँ सुनसान रातमा
औंठी थ्यो चिनो कसरी पुर्याउँ हजुरकै हातमा

शब्द ‍- एस्पी कोइराला
स्वर – साधना सरगम
संगीत – आलोकश्री
एल्बम – उपमा (उपहार – २)

Leave a Reply

Your email address will not be published. Required fields are marked *