अरुणा वैद्य
एउटा खबर पुर्याइदेऊ न
ज्वारभाटा पहाडहरू कुद्दै थिए लाम लागेर
म हेरिरहेको थिएँ, मौन आँखाले
कानैमा कोही फुस्फुसायो, गार्न्धर्व बतासको झङ्कारसित
फर्केर हेरेँ
रातो डाँडा बोलिरहेको थियो –
तल डबलीहरूमा सधैँ ताण्डव-नृत्य गर्नेहरूलाई
आँगनहरूमा रात-विरात त्रासदीय दुन्दुभी बजाउनेहरूलाई
एउटा खबर पुर्याइदेऊ न-
म भीरभरिको अस्तित्व,
एक्लो सौर्न्दर्य थामेर यो उजाड रुँगेको छु
