Skip to content

उज्यालोको एकालाप

  • by


आकाशबाट घाम बर्सिरह्यो बिहानदेखि नै
एक बाल्टिन घाम थापेर
रातका लागि जोगाऊँ भनेको घाम आफैँ
‘उज्यालो खोज्नु छ
बस्नु हुन्न राति, कर्फ्यु छ’
भनेर बाल्टिनलाई छोडेर गयो
चिसो बाल्टिन, रित्तो बाल्टिन
उज्यालो थाप्ने रहर कठै…!

घाम चुहिरह्यो-
रूखका कापकापहरूबाट
घाम चियाइरह्यो-
रूखका पातपातबाट
भलाकुसारी गरूँ भनेको
आजभोलि मानिससित बोल्न पनि डर लाग्छ रे
भनेर सियाँलमा बस्तैबसेन
उज्यालोसित बोल्ने रहर कठै…..!

घाम पसेर झ्यालबाट कोठामा नाचिरह्यो
थुनेर कोठामा नै राखूँ भनेको
लुक्न मन पर्दैन, बन्धन मन पर्दैन भनेर
उल्टै कोठाभित्रै हरायो
उज्यालोलाई समाउने रहर कठै…..!

Leave a Reply

Your email address will not be published. Required fields are marked *