महासचिवको बिदाइ
नवोदित साहित्यिक मोवाइल पुस्तकालय(दोहा, कतार)ले संस्थाका महासचिव महेश्वर नेपालको संस्थागत बिदाइ गरेको छ । उनले संस्थामा पुर्याएको योगदानको प्रशंसा गर्दै एक कार्यक्रमका बिच कदर पत्र प्रदान गरिएको हो ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तिर्थसंगम राईले कदर पत्र हस्तान्तरण गरे भने अन्य कार्यसमितिका पदाधिकारीहरूले मायाको चिनो स्वरुप क्याननको डिजिटल क्यामरा प्रदान गरेका थिए ।

१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई ‘रेड रोज’ थमाउँदै भनी- ‘मेरो प्रिय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भञ्ज्याङ्को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे, सुर्जे, विनोदे, लालु, कमले, गब्बा, अम्बरे, मालु, रने, मञ्जिले, चक्रे, बले, सुन्सा, कर्ने, निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर/ब्वाइफ्रेण्ड हौ ।’