Skip to content

चर्चित ढुङ्गेल

महासचिवको बिदाइ

  • by

नवोदित साहित्यिक मोवाइल पुस्तकालय(दोहा, कतार)ले संस्थाका महासचिव महेश्वर नेपालको संस्थागत बिदाइ गरेको छ । उनले संस्थामा पुर्याएको योगदानको प्रशंसा गर्दै एक कार्यक्रमका बिच कदर पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तिर्थसंगम राईले कदर पत्र हस्तान्तरण गरे भने अन्य कार्यसमितिका पदाधिकारीहरूले मायाको चिनो स्वरुप क्याननको डिजिटल क्यामरा प्रदान गरेका थिए ।

ह्याप्पी ‘भालेटायम’ डे !

  • by

१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई ‘रेड रोज’ थमाउँदै भनी- ‘मेरो प्रिय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भञ्ज्याङ्को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे, सुर्जे, विनोदे, लालु, कमले, गब्बा, अम्बरे, मालु, रने, मञ्जिले, चक्रे, बले, सुन्सा, कर्ने, निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर/ब्वाइफ्रेण्ड हौ ।’

‘दले’को जालो

  • by

‘दले’ भनेको दलालको छोटकरी रुप हो । ‘दलाल’ भनेको चाहीँ मोलमोलाइ गर्ने, दलाली गर्ने मान्छे हो । सुन्दा मध्यमार्गी जस्तै लागे पनि दले देखिन चाहीँ मध्यस्थकर्ता जस्तै देखिने तर ‘जता मल्खु उतै ढल्कु’ भन्ने उखानलाई सही प्रयोग गर्ने कार्यकर्ता हो । हर्ताकर्ता भएर उसले ङिच्च हाँस्दै उच्चमार्गी र निचमार्गीका कान फुक्ने काम गर्दछ । एड्शन अरान्ते दो नासिमेन्तो अर्थात् प्रसिद्ध अन्तराष्ट्रिय ब्रजालियन फुटवलर पेले फुटवल खेल्नकै लागि जन्मिएका हुन् भने दलेहरू दलाली गर्नकै लागि मात्रै जन्मिएका हुन् । पेलेका शरिरमा रगत भएर फुटवल बगे जस्तै दलेका शरिरमा दलाली मात्र बग्छ ।

च्याँखुरीलाई रेगिस्तानी चिठी

  • by

प्रिय च्याँखु,

माया र सम्झना !

यो रेगिस्तानमा म र मसँगै झण्डै चार लाख नेपाली आरामै छौँ । आशा छ, त्यहाँ पनि तिमीलगायत सम्पूर्ण नेपाली आरामै छौ होला । श्री रेमिट्न्सज्युको खेती गर्ने किसानहरूका कृपाले सवैको कल्याण होस् भनी कामना गर्दछु ।

कन्ट्र्याक्ट किलर

  • by

दुईवटा अंग्रेजी शब्द ‘कन्ट्र्याक्ट(Contract)’ र ‘किलर(Killer)’ मिलेर बनेको ‘कन्ट्र्याक्ट किलर(Contract Killer)’ शब्दको नेपाली अर्थ के होला ? ‘कन्ट्र्याक्ट(Contract)’ भन्नाले सम्झौता, सन्धी, करार आदि भन्ने बुझिन्छ भने ‘किलर(Killer)’ भन्नाले हत्यारा, मृत्युदाता, काल, यमराज आदि भन्ने बुझिन्छ । दुईवटै शब्द मिलेर बनेको ‘कन्ट्र्याक्ट किलर(Contract Killer)’को एउटै नेपाली अर्थ चाहीँ ‘ब्यावसायिक हत्यारा’ हो । छिमेकी देश भारतमा कन्ट्र्याक्ट किलरले हत्या गराउनेसँग वा योजनाकारसँग गर्ने सम्झौतालाई ‘सुपारी’ भनिन्छ । नेपालमा चाहीँ त्यस्तो सम्झौतालाई के भनिन्छ कन्ट्र्याक्ट किलरलाई सोध्नु पर्छ ।

झापड

स्वम् वा अन्य कसैका गालामा नाडीदेखि मुन्तिर र नङ्देखि मास्तिर सुल्टोपट्टिको हत्केलाको भागले कस्सेर बजाउनुलाई झापड भन्दछन् । ‘झापड’ मुक्का, घुस्सा, बक्सिङ्, लात्ती आदिको समकक्षी ब्यावहार जनाउने गतिलो शब्द पनि हो । हात छोड्नु, हात चल्नु जस्ता वाक्यहरूले पनि झापडसँग निकटको नाता राख्छन् । चढ्काउनु, हान्नु, बजाउनु, ठोक्नु, गोद्नु, पड्काउनु आदि शब्दहरू झापडसँग ठ्क्कै मिल्ने गरी प्रयोग हुन्छन् । अर्थात् अंग्रेजी अक्षर ‘Q’ पछाडि ‘U’ लागेर जसरी शब्द बन्छन् त्यसरी नै झापड पछाडि माथि उल्लेखित शब्दहरू प्रयोग हुन्छन्/गरिन्छन् ।

सात बुँदे सहमति

  • by

पर्धानमुन्त्री झापडनाथ खनाल र एनेकपा माउवादीका अधक्षे मनेकमल दहालबीच भएको सात बुँदे सहमतिले गति लिएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा भुईँचालो गएकाले विश्व थर्किएको र नेपाली राजनितिक जग चर्किएको देखेर मेरी श्रीमतीले चिठी लेखेर गाउँले भाइका हातमा पठाइछ । ओछ्यान छोडेर यता आएको बर्ष दिन हुँदा पनि ऋण फत्ते गर्न नसकेकाले उसका मुनमा अपहत्ते परेर अर्थोकै बिचार आएछ क्यारे ! चुलोमा आगो बाल्दिनेले सौता हाल्दिने हो कि भनेर बेलैमा विधानले बाँध्न बिलम्भ नगर्ने निर्णय गरिछ र लेखिछ सातवटा बुँदा ।

बाशीफल

  • by

तपाईं पात्रो हेर्नुहुन्छ ? म जस्तो पात्रोको दाइनो र बाइमात्रो बुझ्नुहुन्न कि ? खैर, मावलमा हजुरबा/मामाहरूले र घरमा काका र काकाका छोराहरूले पात्रोको पितृ बुझ्ने अनि ब्याख्या गर्ने भएकाले पनि मसँग पात्रोको टाढाटाढासम्मको नाता/सम्बन्ध रहेन । मेरा एकजना दाजुले घरैमा हुने घटना थाहा नपाएकाले छोरो चारकोसे जंगलको रुखमा फलेको र ज्योतिष विद्याबाट हात धोएको कुरा गर्नु भएको थियो । बर्षौँदेखि यही विद्यालाई पेशा बनाउँदै आएका मेरा दाजुलाई नाक लागे जस्तै हामी युवालाई ज्योतिष विद्याले नतान्नु स्वभाविक हो । तेसो त अचेल जाँड/प्याज नखाने बाहुन भेट्टाउन जत्तिकै गाह्रो भइसक्यो पात्रो हेर्ने, पढ्ने, बुझ्ने र ब्याख्या गर्ने युवापिढीँ भेट्टाउन । युद्धकालमा अधिकांश युवा नासिएपछि र बचेखुचेका युवा विदेश भाँसिएपछि गाउँमा पात्रो मात्र हैन आºनै घरदलिन हेर्ने युवा समेत छैनन् ।

ज्योतिषी/पण्डितहरू जो छन् ति सवै कालको नजिक पुगिसके । बुढाखाडा ज्योतिषीहरूले ज्योतिष विद्याको लत्रेको नाक माथि उठाउन धेरथोर योगदान दिएका छन् । भर्खरै सम्मन्न विश्व फुटवलको भविष्यवाणी गरेर महान हुनुभएका ज्योतिष श्रीअक्टोपस पर्लज्युले पनि यो विद्यालाई माथि उठाउन दुर्लव योगदान दिनु भएर परमधाम हुनु भयो । अक्टोपसज्युको निधनपछि ज्योतिष विद्या नै लोप होला भनेर पीर परेको छ । त्यसैको पूर्व संकेत स्वरुप मेरा घुँडाबाट आँशु झरेकाले पनि यो विद्याको मोहले मलाई तानेको छ । फलस्वरुप यो मरुभूमिमा ज्योतिष विद्यालाई घुनपुत्ली नलाग्ने ब्यापारका रुपमा थालनी गर्न मन लागेर आएकाले यसबारे अध्ययन गर्न थालेको छु । तपाईं पनि यस विद्यामा जिब्रो चलाउँन चाहनुहुन्छ भने मैले जाने बुझेसम्म सःशुल्क कोचिङ्/ट्युशन दिन तयार रहेको सर्वत्र जानकारी गराउँन चाहन्छु ।

ज्वाइँ

  • by

“ज्वाइँ” भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ । “ज्वाइँ” शब्द एउटै भए पनि ज्वाइँहरू ३ प्रकारका हुन्छन् । आज म तिनै ज्वाइँहरूका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ । झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ ।

१) भलाद्मी ज्वाइँ— भलाद्मी ज्वाइँ कस्ता हुन्छन् भने बढिमा बर्षमा १ पटक ससुरालीको आँगन टेक्ने । समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरूले कमै दर्शन दिन्छन् । यिनलाई मैले भलाद्मी ज्वाइँ भन्ने गरेको छु । तपाईँले जेसुकै भने पनि फरक पर्दैन । मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन । जसले जे भने पनि तर यी ज्वाइँहरू मेरा नजरमा भलाद्मी ज्वाइँ हुन् । यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको । हुन्छ भने निजकै ईज्जतको ख्याल हुन्छ । यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने । असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन् । ‘बिबी हो तो येसी’ भने जस्तो ज्वाइँ हुन त यस्ता ।

CharcheetDhungel

आघौँ तैँले घर बनाइहाल्नु परोस् !

  • by

‘घर’ भन्नाले ओत लाग्ने वा बास बस्ने ठाऊँ भन्ने बुझिन्छ । अथवा ब्यक्ति वा समूहको स्थायी वा अस्थायी थाँतथलोमा ठड्याइएको आवास, निवास, कोठी, झुपडी, झुप्रो, कुटी, कटेरो, महल, दरवार आदिलाई घर भनिन्छ । जहाँ पनि र जैले पनि कसैसँग परिचय गर्नुपर्यो भने नामपछि प्वाक्कै सोधिन्छ– ‘तपाईँको घर कहाँ पर्यो ?’ यस-उसले घरको महत्व कति छ भन्ने स्पष्ट हुन्छ । ब्यक्तिको परिचयसँग जोडिएको घर आफैँमा उसको ठेगाना हो । ‘घर नहुनेको भर हुदैन’ भनेर उखानै चलेको पाइन्छ । रातभरि जाडोमा कठ्यांग्रिएको छेपारो ‘भोलि त घर बनाउँछु र न्यानोमा बस्छु’ भनेर कल्पिँदै निदाउँछ, विहान उसका आँगमा घाम पर्दै गएपछि रातीको जाडो र घर बनाउने कल्पना भुसुक्कै बिर्से जस्तो मान्छेले गर्दैन ।

आफ्नो घर बनाउने रहर गाउँ र शहरका सवै मान्छेलाई हुँदो रहेछ । अलिकति सम्पत्ति भएपछि र मान्छे दम्पति भएपछि तिनको प्राथमिकताको पहिलो बुँदामा घर पर्दो रहेछ । खडेरीमा पनि पानी लाग्ने र धान फल्ने खेत बेचेर मान्छेले घडेरी किन्दो रहेछ र घर बनाउँदो रहेछ । बेलायत/सिंगापुरका लाहुरे भए पनि, खाडी देशका चाउरे भए पनि र स्वदेशकै जागिरे/ब्यापारी आदि दाउरे भए पनि सवैलाई घरकै रहरले तान्दो रहेछ ।

पाठक

‘पाठक’ भन्नाले सामान्यतया दुई वटा अर्थ लाग्छन् । एउटा थरी पाठक र अर्को पढ्ने पाठक । पहिलो पाठक अर्थात् थरी पाठकलाई इमान्दार साथ भन्ने हो भने जात निर्धारण गर्ने ‘जातबेत्ता’ ले ‘कुमाई’ कोटीमा राखेका छन् । कुमाईहरु चौथो ठूलो जातमा पर्दछन् । पहिलो बाहुन, दोस्रो जैशी–सन्यासी, तेस्रो क्षत्री, चौथो कुमाई र अरु अरु । यसरी जातको उचनिचताको निर्धारण मैले गरेको होइन । कुनै महापुरुष वा दण्डित हुन लायक महापण्डित आदिले गरेका हुन् भनेर पितापुर्खाबाट सुनेकाले लेखेको हुँ । तर मैले भन्नुपर्दा– बाहुनदेखि कामीसम्म, जैसीदेखि धामीसम्म, कुमाईदेखि दमाईसम्म, नेवारदेखि सतारसम्म सवै बराबर हुन् । यी सवैले सवैलाई कुटुम्ब बनाउन मिल्छ । मलामी जाँदा लाश बोक्न मिल्छ । बिहे-बटुलोमा सँगै बसेर मासु चिथोर्न, हड्डी टोक्न र रौसी धोक्न मिल्छ । एकले अर्काले छोएको पानी खान मिल्छ । एकले अर्काको घरभित्र जान मिल्छ । योभन्दा बढी ८८ कुमाईभित्रको पहिलो पाठक अर्थात् थरी पाठक बारे नलेखौँ ।

अर्को पाठक अर्थात् पढ्ने पाठक दुई प्रकारका हुन्छन् । एउटा स्कुल, क्याम्पस, लोक सेवा, प्रहरी सेवा, भाषा (ल्याङ्गग्योज) आदिका पाठ्यपुस्तक पढ्ने पाठक र अर्को पत्रपत्रिका पढ्ने पाठक । पहिलो पाठक अर्थात् कुनै सेवा वा तप्काका पाठ्यपुस्तक पढ्ने पाठक जाँच दिएर पास हुने आशमा पढ्ने गर्छन् । यस्ता पाठक अधिकांस पुस्तकसँगै सुत्ने गर्छन् र पुस्तकसँगै उठ्ने गर्छन् । कोही कोही टुप्पी बाँधेर पढ्ने गर्छन् भने धेरैजसो चाँही बिजुली बत्ति नपुगेको ठाँउमा लोडसेडिङ्गको नाउमा कुप्पी बालेर पढ्ने गर्छन् । यस्ता पाठ्यपुस्तक पढ्ने पाठकलाई कम्मर कसेर बढि नम्बर ल्याउनु छ र अब्बल दर्जाको सर्टिफिकट भिœयाउनु छ । अर्को पाठक अर्थात् पत्रपत्रिका पढ्ने पाठक विभिन्न प्रकारका हुन्छन् । यो लेख पनि यिनै पाठकमा केन्द्रित हो ।

माग्ने

  • by

‘माग्ने’ शब्दको उत्पति कसरी भयो र यसलाई सर्वप्रथम् कसले प्रयोग गर्यो भन्ने भाषाशस्त्रीहरूकै टाउको दुखाइको विषय हो । तर मलाई सोध्नुहुन्छ भने –कुनै ‘म’ बाट उठेको नामधारी ब्यक्तिले कुनै बस्तु ‘गन्गन्’ गरी हैरान पारेर फुत्काउन सफल भएबाट ‘माग्ने’ शब्दको उत्पति भएको हुनसक्छ । वा कोही ‘मगन’ नामको मान्छेले कुनै साहु-महाजनलाई माया लाग्दो स्वरमा मागेकाले सो मान्छेलाई ‘मगन’ बाट एकलके लाएर ‘मगने’ भनिएको र पछि अपभ्रंश भएर ‘माग्ने’ भनियो अनि यसैवेलादेखि माग्ने चलन चलेको हो कि ? तर मेरो अनुमान नै मान्नुपर्छ भन्ने केही छैन । तपाईं पनि ‘हनुमान’को अनुमान लाउन सक्नुहुन्छ ।

लभ-फ्ल्यु

  • by

परिचय

उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरूमा बिपरित लिङ्गीहरूप्रति चुम्बकिय आकर्षण पैदा भई शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभ-फ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्ड-फ्ल्यु, स्वाइन-फ्ल्युभन्दा पनि डर लाग्दो रोग हो । यस रोगका अघि टिबी, क्यान्सर र एड्स सामान्य भइसके । किन भने यो रोगले नौ बर्षे कलिलो उमेरदेखि पचहत्तर–असी बर्षे बृद्ध-वालकहरूसम्मलाई गाँजेको पाइन्छ । मधुमेय, प्रेसर र डँडल्नु दुख्ने रोगले ढल्कँदो उमेर खेदे पनि यो रोगले उमेर, जात, धर्म केही पनि हेर्दैन । यसउसले यो रोग उपचार गरी साध्य नहुने रोग हो भन्ने ठोक्टरहरूको दावी छ । करोडपतिलाई रोडपति र साधुलाई चोर बनाउने यो रोग झाँजरकोटे झाडापखाला भन्दा छिटो फैलने एउटा संसारकै खतरनाक सरुवा रोग हो । यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा यति छिटो सर्छ कि कुरै नगरौं । अरु रोग लाग्दा रोगी उपचार अभाव वा असम्भव भयो भने मर्ने गर्दछ भने यो रोग लागेपछि बहुलाउने, धताउने, एकोहोरो हुने, पागल हुने, मार्ने र मर्नेसम्मको हदमा पुग्ने गर्दछ । विषेशगरी ‘टिन एज’ का लेडालेडीमा मास हिस्टेरिया जस्तै धुरन्धार जरा गाडेर बस्ने भएकाले यो रोगलाई संसारबाटै निर्मुल पार्न असम्भवप्रायः भएको हो ।

आत्महत्या गर्नेहरूप्रति

आत्महत्या गर्नेहरू एकपल्ट सोचिहेर
संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

दुखी पनि हाँसेका छन् तिमी किन रुने गर्छौ?
संघर्षमा बाँचेका छन् किन आफैलाई मार्छौ?
एकदिन आफै मरिन्छ नि किन गर्नु आत्महत्या?
फेरि जीवन पाइँदैन यही नै हो अन्तिम सत्य