Skip to content

आत्महत्या गर्नेहरूप्रति


आत्महत्या गर्नेहरू एकपल्ट सोचिहेर
संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

दुखी पनि हाँसेका छन् तिमी किन रुने गर्छौ?
संघर्षमा बाँचेका छन् किन आफैलाई मार्छौ?
एकदिन आफै मरिन्छ नि किन गर्नु आत्महत्या?
फेरि जीवन पाइँदैन यही नै हो अन्तिम सत्य
मेरा कुरा झुठा लागे संसारलाई सोधिहेर
संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

मानिसको जिन्दगीमा तनाब हुन्छ पीडा हुन्छ
दुख बाढ आधा हुन्छ, मरेपछि कस्ले सुन्छ?
किन तिमी निरास हुन्छौ? सोचाइ राख्छौ किन सानो?
सबैसँग बोल हास मरेर छ के पो लानु?
मेरा कुरा राम्रा लागे यिन्मै जीवन खोजिहेर
संसार कति रमाइलो छ जिन्दगीलाई रोजिहेर

2 thoughts on “आत्महत्या गर्नेहरूप्रति”

  1. aatmahatya garnele ta gari
    aatmahatya garnele ta gari sake tara garne sochai rakhneharule yo geetlai bujhna jaruri 6.
    charcheet dhungel

Leave a Reply

Your email address will not be published. Required fields are marked *