देश सुब्बा
“नेपाली साहित्यमा हङ्कङको योगदान” शोधपत्रमा विमर्श
देश सुब्बा, हङकङ ।
नेपाली साहित्य प्रतिष्ठान हङकङको संयोजनमा “नेपाली साहित्यमा हङ्कङको योगदान” त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह दोस्रो वर्ष दसौँ पत्रको प्रयोजनका लागि शोधार्थी दीपक सुवेदीले तयार पारेको शोधपत्रमाथि आज सनराइज पत्रिकाको कार्यालय जोर्डनमा विमर्श कार्यक्रम सम्पन्न भयो ।
नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत प्रतिष्ठानका सदस्य डिबी पालुङवा, शोधपत्रबारे संक्षिप्त जानकारी सचिव देश सुब्बाले गराएका थिए । उनले नेपाल र भारत पछि हङकङको नेपाली साहित्यबारेमा यो पहिलो शोधपत्र भएको र हङकङको साहित्य बारेमा डा.गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट बि.ए.को तेस्रो वर्षो ऐच्छिक नेपालीमा पढाइ हुने कुरा पनि जानकारी गराए ।
सपनाको देश र माछाको अस्थिपिञ्जर
हेमिङ्वेको “बूढो मान्छे र समुद्र” उपन्यासमा एकजना बूढो पात्र छन् । माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ । उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछाले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ । मान्छेको जीवन यस्तै हुन्छ, धेरै धेरै कमाउने सपनाले देशविदेश लाग्छन् । तर अन्तिममा त्यस्तै अस्थिपिञ्जर बाँकी रहन्छ । अहिले हङकङका संघसंस्थाहरूका कार्यक्रमहरू पनि यस्तै छन् । यो यथार्थ आज अलिकति छ भोलि फैलिएर जानेछ । किनभने मानवीय क्रियाकलाप भित्रको एउटा पलायनताको संकेत । यस्तै बेमौसममा पनि चर्चाको सगरमाथा छन् “स्रील मिस्ट” का डायास्पोरिक लेखक रामकृष्ण वान्तावा चर्चाको ओलिम्पिक र्टच बोकेर यतिखेर ।
- « Previous
- 1
- 2
