देश सुब्बा
अन्तरसाँस्कृतिक सद्भाव र भयवाद विमर्श
भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा यही फागुन ५,६,७ २०६९मा ‘अन्तरसाँस्कृतिक सद्भाव तथा भयवाद विमर्श” कार्यक्रम धरानमा सम्पन्न भयो ।
कार्यक्रममा उत्तरपूर्व भारतका ९ राज्य असम, मणिपुर, नागालैण्ड, अरुणाचल प्रदेश, मिजोरोम, मेघालय, त्रिपुरा, सिक्किम, पश्चिम बंगाल राज्यबाट अन्तराष्ट्रिय पुरस्कार विजेता येसे दोर्जे थोङ्सी, डा. स्टीमेलेट डखार भारतीय साहित्य एकेडेमी विजेता मणिपुरी भाषामा क्षेत्रीय वीरसिंह, राभा भाषामा यु.सी. राभा, नेपाली भाषामा लीलबहादुर क्षेत्री, विक्रमवीर थापा, छविलाल उपाध्यय थिए ।

भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद”
भारतको आसाम राज्यको पहाडी कार्विआङलाङ जिल्ला, हवाइपुर गाउँमा प्रत्येक महिना हुने बसिबियालो साहित्यिक कार्यक्रममा ‘नेपाली साहित्यमा भयवाद’ यही नोभेम्बर २५, २०१२ सम्पन्न भयो । कार्यक्रम नेपाली साहित्य सभा हवाइपुर शाखाका सभापति तथा समाजसेवी देवीप्रसाद उपाध्ययको अनुरोध र संयोजनमा भएको थियो । यो तेस्रो बसिबियालो कार्यक्रम र आसाममा दोस्रो भएपनि भयवादको यो चौथो अन्तराष्ट्रिय कार्यक्रम हो ।

पृथक उपन्यास ‘अपमान’ को तेस्रो संस्करण
खोइ मान्छेको स्वतन्त्रता, खोइ मान्छेको अधिकार ? कानुन एकातिर प्रयोग अर्कोतिर । देश एकातिर जातिहरू अर्कोतिर । यो कति असान्दर्भिक, कति बेमेल । भाषण अब्राहमन लिङकनको जस्तो प्रजातान्त्रिक व्यवहार कुनै हिटलरको जस्तो नाजी । त्यसैले ती सबै बेमेल, अन्याय, अत्याचारलाई समग्रमा मिलाएर मैले ‘अपमान’ भने र औपन्यासिकता दिन केही आधार विकास गरें ।
अपमान उपन्यासको जन्म वि.सं. २०५२ सालमा भयो । त्यसबेलासम्म नेपाली समाज आदिम युगमा जस्तै मनुस्मृति, रुढिवादी, अन्धविस्वासमा चलेको थियो—चलाउने थिए, कथित उच्चजात र धर्म । त्यसबेला नेपाली साहित्यमा जातीय भावना समेटने ‘खुला कन्सेप्ट’ थिएन । सबै शासनको डरले थिचिएका थिए ।
मिथ्याको महाजंगलमा हङकङका नेपाली
हङकङको नेपाली समुदायमा अविस्वासको पहाड उठेको छ । कसले कसलाई विस्वास गर्ने पत्तो छैन । विस्वासको हात, मुख, अनुहार पनि त हुँदैन यस्तै हुन्छ भनेर देखाउन । यसको एउटा मात्र आधार हुन्छ, आधार ढलेपछि गर्लाम्मगुर्लुम्म ढल्छ । नेपाली समाज यसरी नै उभेको छ आधारहिन । कता समाउने, कता टेक्ने, कता उभिने मात्रै विस्वास अड्ने एउटै खम्बा छ अविस्वास । हामी मात्र होइन, विश्व नै यसरी उभेको हुनुपर्छ र त एउटा राष्ट्रले भनेको अर्को राष्ट्रले विस्वास गर्दैन र युद्ध हुन्छ । विन लादेन, सद्दाम, कदाफिहरू मारिन्छन्, ट्वीन टावरमा हवाइजहाज छिराइन्छ । नेपालमा बन्दै गरेको संविधान बीचमा तुहाइन्छ ।
नेपाली विश्व साहित्यमा हङकङ
हामी नेपालीहरू अहिले दुई विश्वमा उभिरहेका छौँ । एउटा विश्वभरि छरिएका नेपालीले निर्माण गरेको विश्व र अर्को विश्वमा नेपालीको बढ्दो उपस्थितिको विश्व । यी दुई विश्वमा एउटा आफ्नै आँगन, घर, गाउँ र देशको ममतामय अनुभूति अर्को पराइ मुलुकमा दुःख, कष्ट, संघर्ष, भोक, रोग मिश्रित जीवनको अनुभूति । एउटा विश्वभरि छरिएका नेपालीले आविष्कार गरेको विचार र साहित्य, अर्को विश्वभरि जन्मेका विचार र साहित्यले नेपालीलाई पारेको प्रभाव । यस्तै विश्वको जाँतोमा बाँचिरहेको जिन्दगीले सृजना गरेको साहित्य, विचार । यिनै सृजना, आविष्कार, प्रयोगले विश्व नेपाली साहित्यको केन्द्र भएको छ हङकङ । फलस्वरूप हङकङका साहित्यकारहरूको धमाधम शोधपत्र लेखिंदै छ, अनुसन्धान गरिन्दैछ र नेपालको त्रिभुवन विश्व विद्यालयमा अध्ययन गराइन्दै छ । भरखरै त्रिभुवन विश्व विद्यालयका स्नातकोत्तरका विद्यार्थी दीपक सुबेदीले ‘नेपाली साहित्यमा हङकङको योगदान’ स्नातकोत्तर दोस्रो वर्षको दर्सौ पत्रको प्रयोजनको लागि शोध तयार पारेका छन् । त्यस्तै प्रा. डा. गोविन्दराज भट्टराईको उत्तर आधुनिक विमर्शबाट ‘हङकङको साहित्यिक पृष्ठभूमि र प्रकाशन’ स्नातक तह तेस्रो वर्षमा अध्यापन हुन थालेको छ । यसरी नेपाली विश्व साहित्यमा कुनै एउटा देशको बारेमा शोधपत्र लेखिएको र अध्यापन हुन थालेको हङकङ नै पहिलो हो ।
भयवाद चिन्तन र विमर्श
भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो । यस पुस्तकमा भयवादका प्रवर्तक देश सुब्बाको कान्तिपुर दैनिक, ब्लास्ट टाइम्स, साप्ताहिक आवाज, जनसत्ता साप्ताहिक, लिम्बुवान ब्लकस्पट डट कममा प्रकाशित अन्तवार्ता छन् । त्यस्तै अन्नपूर्ण पोष्ट, उदघोष दैनिक, मर्निङ पोष्ट दैनिक, आवाज साप्ताहिक, राजधानी दैनिक, नयाँ पत्रिका, सनराइज साप्ताहिकमा भयवाद र आदिवासी उपन्यास सम्बन्धी छापिएका समाचार, लेख, प्रतिक्रिया छन् । टापू पत्रिकामा प्रकाशित ‘भयवादको प्रारम्भिक घोषणा’ पाठकको जानकारीको लागि समावेश गरिएको छ । देश सुब्बा संयमको उपस्थितिमा नेपालमा भएको अन्तरक्रिया, छलफल, टीकाटिप्पणी र रिपोर्ट पनि यसमा समावेश छ । वि.सं. २०६४ सालमा धरानमा भएको ‘भयवाद र आदिवासी उपन्यास’ राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएको कार्यपत्रहरूको संकलन ‘भयवाद वैचारिक चिन्तन’ को विमोचनमा ती कार्यपत्रहरूको प्राध्यापक सरण राई, समालोचक मिश्र वैजन्ती, समालोचक राम्जी तिम्सिना, समालोचक चन्द्रमणि अधिकारी, पिण्डेश्वर विद्यापीठ धरानका प्राचार्य रमेश घिमिरेले गरेका प्रतिटिप्पणी पनि समावेश गरिएका छन् ।
वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राईको अति व्यस्त हङकङ भ्रमण
देश शुब्बा, हङ्कङ् ।
नेपाली महासंघ हङकङको निमन्त्रणामा हङकङ आउनु भएका डा. इन्द्रबहादुर राई हङकङमा पाइला टेकेदेखि नै अति व्यस्त हुनु भयो । उनको भिडियो खिच्ने, आवाज रेकर्ड गर्ने, फोटो खिच्ने, साहित्य, कला र दर्शनको कुरा सुन्ने ताँती नै थियो । अति व्यस्तताले कतिपय कार्यक्रम रद्द गर्नु परेको थियो । एकैदिनमा ४ वटासम्म कार्यक्रममा राई उपस्थित भएका थिए । उनको कार्यक्रम तालिका निम्नानुसार थियो—

वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राई हङकङ आउने
देश सुब्बा, हङकङ ।
मार्च २९, २०११ ।
नेपाली साहित्यमा विचार, समालोचना, सृजना, प्रयोग र अनुवादमा लामो समयदेखि निरन्तर समर्पित साहित्यकार ईन्द्रबहादुर राई हङकङ नेपाली महासंघको अप्रिल २२, २०११ मा हुने साहित्यिक कार्यक्रममा भाग लिन हङकङ आउने भएका छन् । उक्त कार्यक्रममा कविता गोष्ठी, हङकङबाट उत्पादित विचार गोष्ठी र ईन्द्रबहादुर राईको विचार प्रस्तुत हुने कार्यक्रम छ । हिजो नेपाली महासंघको कार्यालयमा विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, संगीतकारको सामूहिक बैठकले यस सम्बन्धमा वृहत छलफल गरेको थियो । हङकङ नेपाली महासंघले विगत वर्षखि विविध कार्यक्रम गर्दै आइरहेको छ । त्यस मध्ये साहित्यिक कार्यक्रम यो पहिलो हो ।

रेखा कविता, मुसायरा गजल र विचारको सँगम
आइतबार २७ तारिख
हङकङ् ।
हङकङको चुनवानमा गरिन्दै आएको साहित्यिक छलफल याउ मा तेइको म्याक डोनाल्डमा सम्पन्न भयो । छलफलमा कवि टंक सम्बाहाम्फे, बिमल राई, गजलकार विष्णुनन्द चाम्लिङ, समालोचक तथा कवि दाजु गुरुङ्, गायिका तथा गीतकार शुशिला थुलुङ र म देश सुब्बा उपस्थित भएका थियौँ । यो हङकङलाई उज्यालो बनाउने हाम्रो नियमित कार्यक्रम हो । यो क्रम ५ वर्षदेखि निरन्तर गरिरहेका छौँ । यसले हङकङलाई बौद्धिक जमातमा निकै उज्यालो बनाएको छ । यो वैचारिक मञ्चनको चौतारी । यसमा धेरै भन्दा धेरै साहित्यकार, पाठक, समालोचक बोलाउँदै आएका छौँ । तर पनि समयले तिहुनभुटुन साटेर खानुपर्ने ठाउँमा भनेको जस्तो नहुँदोरहेछ ।

कविताको फूल र दिमागको रेखा
आधाघाम र आधा छायाँ छोडिन्दै गएको गर्मी र अगाडि पोल्दै चिसाउँदै आइरहेको जाडो मौसमको त्यो दिन कामले थकित शरीर र दिमागमा बाक्लिएको शहर, समस्याको प्रदुषणले उकुसमुकुसिएका कविता, शरीर सबैलाई झटाउन, टकटकाउन र ताजा बनाउन हाम्रो सधैँ चुनवानमा भेटघाट गर्ने सृजक, विचारक, समालोचक प्रेम राई, डि.बी. पालुङवा, बिमल राई, म देश सुब्बा र दुई अथक कुदिरहने बालकहरू अविनाश र निसाम् को टोली हङकङको प्रसिद्ध युद्ध कालिन खानेपानी जगेर्ना गर्न निर्माण गरिएको धेरै बाँधहरू मध्येको एउटा प्रसिद्ध बाँध ‘सिन मुन बाँध’ वरिपरि एक वृत्त पैदल यात्रा मार्न हिँड्यौँ । थियो झोलामा केही पानी, जूस र सम्झनालाई कैद गर्ने बिमलको क्यामेरा ।
बाटोमा लटरम्म कविता थिए । रुखमा फलिरहेका, फूलमा झुल्दै गरेका, पानीमा पौडिरहेका, हावामा तैरिरहेका । ती उर्वर कविताले हाम्रो आँखा, दिमाग र मनलाई छुन्थ्यो, हल्लाउँथ्यो र थकाइले सुतिरहेको चेतनालाई झकझकाउँथ्यो । झोलामा थिए बिमलका नयाँ कविता, डि.बीको कविता र मेरा कविताहरू । हामीले प्रकृतिका कविता र झोलाका कविताहरूलाई ताछ्न थाल्यौ, छोडाउन थाल्यौ, फिजाउन थाल्यौँ । हाम्रो खुट्टाले यात्राको रेखा टेक्दै, छोड्दै गरिरहेका थिए । बाँधको किनारामा प्राकृतिक सौन्दर्यको सिकार गरिरहेका चित्रकार, फोटोग्राफर थिए । चित्रकार किनारमा थुप्रिएको ढुङ्गा र रुखको जराको स्केच गरिरहेका थिए, फोटोग्राफर त्यहा माछासित भोक र हत्याको खेल खेलिरहेका बकुलाहरूलाई क्यामेरामा कैद गरिरहेका थिए । हामीले टेक्दै र छोड्दै गरेको बाँध गोलो रेखाको एउटा वृत्त थियो ।
रेखा कविता – ८
मेरो घरमा एउटा बगैँचा छ
त्यहाँ विभिन्न रंगका फूल फुलिरहेका छन्
ती फूल हेर्छु सोच्छु
के मान्छे फूल हुन सक्छ ?
के मान्छेको स्वभाव फूलको स्वभाव हुन सक्छ ?
के मान्छेको रंग फूलको रंग हुन सक्छ ?
के मान्छेको सुवास फूलको सुवास हुन सक्छ ?
म फूल हेर्छु फरक छुट्टयाउँछु
फूलमा किन अतिवाद हुँदैन
फूलमा किन अहंम हुँदैन
फूलमा किन शंका हुँदैन
फूलमा किन आतङ्क हुँदैन
रेखा कविता- ७ : म शून्य रेखाबाट भगतसिंह उमार्छु
म सगरमाथाको नागरिक
मसित एउटा देश छ
देशलाई भाला रोप्ने हिंस्रक मान्छे छन्
मुटु कलेजो निकालेर खाने अघोरी छन्
सतीको श्राप परेको भन्दै
लुटेर खाने चम्बल घाँटीका डाका छन्
बुद्धको गेहरु वस्त्र लगाएर
वस्त्रबाट दाह्रा निकाल्ने ड्राकुला छन्
ती शान्तिका मसान हुन्
उन्नतिका समाधी हुन्
यिनीहरूको आत्मामा होङ्ग्रायो छ


ए गुलाब !