टंकप्रसाद भट्टराई
जीवनका पाश्र्व अनुभूतिहरू
कविता जीवनकै सापेक्षतामा लेखिएको जीवनप्रतिकै दृष्टिकोण हो । जीवनका यिनै शाश्वत् पक्षहरूलाई अत्यन्त नजिकबाट नियालेकी छिन् कवि मिश्र वैजयन्तीले पाश्र्व आवाजमा । पाश्र्व आवाज उनको नवीनतम् कवितासङ्ग्रह हो । मोरङका समकालीन कविता (सहलेखन, २०६०) र समवेदनाका नागबेलिहरू (हाइकुसङ्ग्रह, २०६२) प्रकाशित गरेकी वैजयन्ती यो कविता सङ्ग्रहमार्फत सशक्त कविको रूपमा दरिन पुगेकी छिन् । त्यसो त पूर्वमा उनको साहित्यिक उपस्थिति सशक्त र उत्साहबर्द्धक छ । अब यो कृतिले उनलाई सिङ्गो काव्य फाँटमा अलग पहिचानका साथ उभ्याएको छ ।
उपहार
ऋतु वसन्तको थियो । लालीगुराँसहरू रातै भएर फुलेकाले नेपालका लेकाली पर्वतहरू पूरै राताम्य भएर रङ्गएिका थिए । पारि हरिया पहाडको छाती चिरेर बगेका सेता झरनाहरू मीठो सङ्गीतको धुनमा रमाउँदै तल कहाँ-कहाँ अनन्त गहिराइमा झरेजस्ता देखिन्थे । पहाडको फेदीमा नीलो पानीमा सेता छालहरू उराल्दै बेतलौरीजस्ता बाङ्गएिर नदीहरू बग्थे । रूखका डालीमा बसेर कोहो कोहो कोइली कराउँथ्यो ।
