Skip to content

गिरीराज बाँस्कोटा

GiriRajBaskota-02

अति मन पराउने लहरमा छु आजकल

  • by

अति मन पराउने लहरमा छु आजकल
तिम्रै सुन्दर भव्य सहरमा छु आजकल

हिजोसम्म कोहो लाग्थ्यो, आज मुटु तिम्रै भयो
तिमीसँग आँखा गाभ्ने रहरमा छु आजकल

मात्र तिमी

  • by

कहिले हँसाएर लठ्ठ पार्छिन
कहिले मुस्काएर
एस. एम. एस. गरेर बोलाइरहन्छिन
फेसबुकको नोटिफिकेसनमा उनकै कमेन्ट बढी हुन्छ
गहिराइ बढ्दै गएछ क्यारे
आजकाल रिसाउन पनि थालिन
फकाउनु पर्छ स्नेहका गुच्छा बहार गरेर

युगीन सुन्दरी
ममताको घारीमा एक्लै टोलाई
अपरिचित संवेदनाभित्र परिचित हृदय राख्ने
आखाँमा जाँदुको तादम्यता देखाउने
ओ सुन्दरी !

चाहना उस्तै थियो

  • by

देखिंदा भने दुई थियौ चाहना उस्तै थियो
रङ्गीन संसार बनाउने बाहना उस्तै थियो

तरलता जिन्दगीको अनुभूति सयलतामा
प्रत्येक सन्ध्या कटाउने ठेगाना उस्तै थियो

जति जति समीप्यता उति उति आन्नद त्यो
बैमान गर्ने समयको सिमाना उस्तै थियो

उस्तै मन उस्तै भाव केही मात्र फरक हाम्रो
लाग्दैछ उत्पादनको कारखाना उस्तै थियो

GiriRajBaskota

हेराईमै दिल चार्नेलाई सलाम

  • by

हेराईमै दिल चार्नेलाई सलाम
अनायासै माया जोर्नेलाई सलाम

हिम्मत हिन म बनें बोल्न नसक्ने
क्षणभरमै पत्र कोर्नेलाई सलाम

आधी-आधी साँटिएछ चाल जिन्दगीको
दुई बनाई मुटु फोर्नेलाई सलाम

अन्धकारमा देश लाने खाली काम गर्छौ किन ?

  • by

अन्धकारमा देश लाने खाली काम गर्छौ किन ?
भष्टाचारलाई माथि लगि जाली काम गर्छौ किन ?

अभिमानी आतंकको सिंगो आकास उचालेर
भविष्यले धिक्कार गर्ने गाली काम गर्छौ किन ?