देखिंदा भने दुई थियौ चाहना उस्तै थियो
रङ्गीन संसार बनाउने बाहना उस्तै थियो
तरलता जिन्दगीको अनुभूति सयलतामा
प्रत्येक सन्ध्या कटाउने ठेगाना उस्तै थियो
जति जति समीप्यता उति उति आन्नद त्यो
बैमान गर्ने समयको सिमाना उस्तै थियो
उस्तै मन उस्तै भाव केही मात्र फरक हाम्रो
लाग्दैछ उत्पादनको कारखाना उस्तै थियो
दुई रुप, चाल एउटै स्पन्दनको सहयात्रा
फूल राम्रो जुन राम्रो सरहाना उस्तै थियो
गिरीराज बाँस्कोटा
