अन्धकारमा देश लाने खाली काम गर्छौ किन ?
भष्टाचारलाई माथि लगि जाली काम गर्छौ किन ?
अभिमानी आतंकको सिंगो आकास उचालेर
भविष्यले धिक्कार गर्ने गाली काम गर्छौ किन ?
िसंगो नयाँ स्वाभिमान त्यसै त्यसै खेर फाली
च्यातिएको थोत्रे कदम टाली काम गर्छौ किन ?
युगसम्म बचाउन योग्य कार्य अस्तित्वमा
जोगाएको शिखरलाई ढाली काम गर्छौ किन ?
हिजो जस्तै आज भयो आज जस्तै भोलि पनि
संस्कार-नियममा गल्ती थाली काम गर्छौ किन ?
