हेराईमै दिल चार्नेलाई सलाम
अनायासै माया जोर्नेलाई सलाम
हिम्मत हिन म बनें बोल्न नसक्ने
क्षणभरमै पत्र कोर्नेलाई सलाम
आधी-आधी साँटिएछ चाल जिन्दगीको
दुई बनाई मुटु फोर्नेलाई सलाम
मन मिलेपछि हुने रहर उस्तै उस्तै
मिलाएर रहर मोर्नेलाई सलाम
शालीनता छताछुल्ल उच्च बनाएर
उतैतिर आँखा सोर्नेलाई सलाम
