Skip to content

अरुण पौडेल

तीन मुक्तक


मेरो कुममा उनको कुम ठोकिएर माया बस्यो
ममाथि नै फूलको थाली पोखिएर माया बस्यो
मौलाकाली गेटमा भेट हुन लेख्या’ रैछ
उकालीमा झोला साँट्दै बोकिएर माया बस्यो

पागल प्रेमी

तिम्रो सिउदो मेरै हातले भर्न तयार छु
हात समाई संगै खोला तर्न तयार छु
हामि बीचको दुरी अझै कम गर्न चाहन्छु
इसारा देउ मात्रै तिमि तिरै सर्न तयार छु

जुवा हार्ने अभागीलाइ नि माल आउदो रैछ

हाइकु

परेली भाका
प्रतिक्षाको आखाले
समय छेक्यो

साहसी नाम्लो
चिनो साटीरहेछ
दियोको ताप

पछ्यौरी भित्र
बैश छोप्ने प्रयाश
हावाको बेग

गुन्जनगर ४, चितवन

मृगतृष्णा

दुरुस्तै देखाउने दर्पण फोड्न सिकिछौ
बाचा गरि आफै बचन तोड्न सिकिछौ
डुङ्गा चढाई समुद्रको गन्तव्यमा पुगे भन्दै
समुद्र को बिचै बाट मोड्न सिकिछौ

गुन्जनगर ४ चितवन